काठमाडौँ
रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनी मध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ ।
राष्ट्रिय कर दिवस २०८२ का अवसरमा सोमबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री रामेश्वर प्रसाद खनालले आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेललाई उक्त सम्मान प्रदान गर्नुभयो ।
सम्मान ग्रहणपछि प्रमुख कार्यकारी अधिकारी पौडेलले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताउनुभयो । साथै विभिन्न देशमा १०० भन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुयाउने प्रतिबद्धतासमेत पौडेलले व्यक्त गर्नु भयो ।
कर दिवस समारोहलाई सम्बोधन गर्दै आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले करदाताको सम्मानसँगै सुरक्षालाई पनि प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
सन् २००९ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ । यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिरहेको छ । यसअघि पनि पटक–पटक सर्वाधिक कर तिर्ने कम्पनीका रुपमा आइएमई सम्मानित हुँदै आएको छ ।











प्रतिक्रिया