काठमाडौं।
बालबालिकाहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ आयोजित लिटिल आइडल नेपाल २०२५ को उपाधि बालिका तर्फ रेबिका शर्मा र बालक तर्फ निर्भाण श्रेष्ठले प्राप्त गरेका छन् । रेविकाले वेष्ट ट्यालेन्टको उपाधि पनि प्राप्त गरेकी छन् ।

बालबालिकाहरुको मौखिक र बौद्धिक क्षमतालाई समाजसामु देखाउने उद्देश्यका साथ ट्रेवल फेसन कन्सर्न प्रालिले आयोजना गरेको यो कार्यक्रममा फस्ट रनरअपको उपाधि ओजस्भी गुरुङ र सेकेण्ड रनरअपको उपाधि सम्भवी विष्टले प्राप्त गरेकी छन् ।

बागमती प्रदेशकी उपसभामुख अप्सरा चापागाईको विशिष्ट आतित्थता तथा गोकर्णेश्वर नगरपालिकाका प्रमुख दिपक कुमार रिसालको प्रमुख सम्पन्न सो कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिएको थियो ।











प्रतिक्रिया