नगर प्रहरीको श्रव्य दृश्य सामग्री प्रदर्शनी


ललितपुर।

ललितपुर महानगरपालिकाका नगर प्रहरी बलले यस वर्षभरि महानगरभित्र गरेका विभिन्न सामाजिक कार्यहरुको श्रव्य दृश्य सामग्री प्रदर्शनी गरेको छ ।

ललितपुरमा आज आयोजना गरेको एक कार्यक्रमबीच नगरप्रमुख चिरिबाबु महर्जनलगायत अन्य नगरपालिकाका मेयरहरुको उपस्थितिमा शुभारम्भ गरिएको हो।

प्रमुख महर्जनले ललितपुर नगरप्रहारी बलले राम्रो काम सम्पादन गरेको र भावी दिनमा पनि नागरिक सुरक्षा र सम्पूर्ण नगरको विकास र समृद्धि नगरप्रहरीले काम गर्दै जानु पनि उनले बताए ।

बिहान नगरपालिकाले सेवा प्रवाहको सन्दर्भमा महानगर प्रहरी बलबाट भए गरेका कार्यहरुको नगरबासीको सेवामा महानगर प्रहरी नामक श्रव्य दृश्य सामग्री प्रदर्शनी गरेको हो ।