उपमेयर शाक्यले नगरवासीको राय बुझ्न औँल्याइन् सर्वेक्षणको आवश्यकता 


ललितपुर।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जरी शाक्यले महानगरपालिकाले सम्पादन गरेका कामका बारे नागरिकको धारणा बुझ्न बृहत सर्वेक्षण गर्नुपर्ने खाँचो औल्याईन्।

महानगरको नगरी प्रहरीले वर्षभरि गरेका कार्यहरुको आईतबार ललितपुरमा आयोजित श्रव्य दृश्य प्रदर्शनी उनले सो खाँचो औल्याईन्।‘ महानगरपालिकाले गरेका कामहरुबारे हामी आफैले प्रशंसा गर्नु त्यति राम्रो हुँदैन। अरुले गरेको प्रशंसा सुन्नु राम्रो हुनेछ । नगरवासीहरुले त्यसलाई कसरी लिइरहेका छन् ? उनीहरुले कस्तो महसुस गरिरहेका छन् ? त्यो बुझ्नुपर्ने जरुरी छ ।’ उनले भनिन् ‘ त्यसका लागि एउटा सर्वेक्षण गर्नुपर्ने जरुरी छ। ’ 

स्थानीय तहको पुनःसंरचनापछि साविकका हरिसिद्धि, धापाखेल, खोकना, बुंगमती र सैबु गाविसहरु गाभिएर उपमहानगरपालिकालाई महानगरपालिका बनाइएको उल्लेख गर्दै उपमेयर शाक्यले भनिन् ‘ पहिलेका ती गाविसहरुमा महानगरपालिकाका स्तर अनुसार नगरप्रहरीले काम गर्न सकिरहेको छ कि छैन, सेवा प्रवाह भइरहेको छ  कि छैन त्यो कुरो बुझनुपर्ने आवश्यकता छ ।’

उपमेयर शाक्यले महानगरपालिकाको काम, नगरप्रहरीको क्रियाकलापबारे अरुको तर्फबाट सकारात्मक पृष्ठपोषण पाइरहेको पनि बताईन्।महानगर सफा, हरियाली र उज्यालो बनाउन नगरप्रहरीको महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि उनको कथन थियो।