भक्तपुर ।
भक्तपुरको कोशलटारिस्थत ह्वाइट प्यालेस ब्याङ्केटमा शनिबार हास्यव्यङ्ग्य फित्कौलीसभा आयोजना गरिएको छ । सो सभामा हास्यव्यङ्ग्य क्षेत्रमा लेखन र कलाका माध्यमबाट योगदान गर्नु हुने छ जना स्रस्टालाई सम्मान गरिएको छ ।
फित्कौली हास्व्यङ्ग्य अनलाइन डटकम हास्यव्यङ्ग्य पत्रिकाद्वारा आयोजना गरिएको सो कार्यक्रममा डा रमेश शुभेच्छुले सम्मानित तथा पुरस्कृत स्रष्टाहरुको परिचय दिनु भएको थियो ।


कार्यक्रमा सम्मानितहरुमा मुकन्द आचार्य बारा,रु २०,१०५ सहित, डम्बर घिमिर, पुरस्कृत हुुनेहरुमा माणिक रत्न शाक्य , शेषराज भट्टराई , कविराज घिमिरे,डिल्लीप्रसाद मुलतिहुन रहेकाछन् ।
वरिष्ठ हास्यव्यङ्ग्य लेखक नरेन्द्रराज पौडेलको अध्यक्षतामा र प्रा डा माधवप्रसाद पोखरेलको प्रमुख आथित्यतामा भएको सो कार्यक्रममा हास्यव्यङ्ग्यका तीन कृति समेत सार्वजनिक गरिएको छ । देवीप्रपाद चापागाईको बक्रपुराण, भलाद्मी भोलाकोे घोप्टेयुग र रमेश समर्थनको बदनाम आँचल सार्वजिनक गरिएकोे थियो ।
कार्यक्रममा प्रमुख अतिथि पोखरेलले हास्यव्यङ्ग्य पारामै मन्तव्य दिदै हास्यव्यङ्ग्यले समाज परिवर्नमा ठुलो मद्दत गर्ने र खासगरी राजनीतिभित्र देखिएको विकृतिलाई नियन्त्रण गर्न सहयोगी भूमिका हुने बताउनु भयो ।
चपागाईको बक्रपुराण र माथि डा हरिप्रसाद सिलवालले समीक्षा गर्नु भएको थियो भने घोप्टेयुुगको समीक्षा नवराज खतिवडाले र
कार्यक्रममा रोहित दाहाल, पार्वती दाहाल र टङ्क दाहालले मेरा बा शिर्षकको हास्य प्रस्तुती , सुबोध गौतम धिरेन्द्र प्रेमर्षि र रण बहादुर बुढाथोकीले हास्यव्ङ्ग्य प्रस्तुती गरेका थिए ।
यसैगरी सो कार्यक्रममा विश्वनाथ ढुङ्गेल (नुन बाजे), सीताराम गुरुङ्ग, थरेन्द्र कराल लगायतका गायक कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएका थिए ।













प्रतिक्रिया