खोटाङ ।
संविधानको रक्षार्थ तथा लोकतान्त्रिक गणतन्त्रका जगेर्णाका लागि भन्दै एमाले खोटाङले पञ्चेबाजा तथा मोटरसाईकल ¥यालीसहितको जनसंप्रदर्शन गरेको छ । दिक्तेलबजारमा आयोजना गरेको उक्त प्रदर्शन शान्तिपुर्ण रहेको एमाले जिल्ला कमिटि सुचना तथा प्रकाशन बिभाग प्रमुख खेमराज राईले उल्लेख गर्नुभएको छ ।
शनिबार एमाले पार्टि कार्यालय दिक्तेलबजारको भवन गैराबाट शुरु गरिएको प्रदर्शन हाटडाँडा हुदै किरात चौकमा टुङ्गिएको हो । कार्यक्रममा केन्द्रीयदेखि तल्लो तहका नेता, कार्यकर्ता र शुभचिन्तकहरुको सहभागिता रहेको जनाईएको छ ।
जनप्रदर्शनमा संविधान तथा लोकतान्त्रिक गणतन्त्र बचाउन सबै जिल्लाबासी नागरिकलाई सहभागि हुनका लागि एमाले खोटाङका अध्यक्ष देबबिक्रम राईले अनुरोध गर्नुभएको थियो । शक्ति प्रदर्शनमा जिल्लाका सबै स्थानीय तहका नेता, कार्यकर्ता तथा शुभचिन्तकका सहभागिता रहेको एमाले जिल्ला कमिटिले जनाएको छ ।
यसअघि, एमाले जिल्ला कमिटीले कात्तिक–२५ गते जिल्लाका आठ स्थानीय तहमा संविधानको रक्षा र विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै जनप्रर्दशन गरेको थियो । प्रतिगामी षड्यन्त्रका विरुद्ध भन्दै हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, केपिलसगढी गाउँपालिका, साकेला गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, खोटेहाङ गाउँपालिका,जन्तेढुङ्गा गाउँपालिका र बराहपोखरी गाउँपालिकामा जनप्रदर्शन गरेको थियो ।
जनप्रदर्शन कार्यक्रममा पार्टीका नेता, कार्यकर्ता, समर्थक र युवाको उत्साहपूर्ण सहभागिता रहेको एमाले पोलिटब्यूरो सदस्य एवम् जिल्ला इन्चार्ज विशाल भट्टराईले जनाउनुभयो ।











प्रतिक्रिया