टोप्समा नवोदित र ल्यान्डमार्क च्याम्पियन


काठमाडौं।
नवोदित र ल्यान्डमार्क एकेडेमीले नवौं टोप्स अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शनिबार जितेका छन् । नवोदित ब्वाइज तथा ल्यान्डमार्क गल्र्समा च्याम्पियन बने । टिम अफ प्रोग्रेसिभ स्कुल (टोप्स) को आयोजनामा भएको प्रतियोगिताको ब्वाइज फाइनलमा नवोदितले ह्वाइट हेभनलाई १८–८ ले पराजित ग¥यो । नवोदितका आदेश बगालेले ६ अंक जोडे ।

गल्र्सको उपाधि भिडन्तमा ल्यान्डमार्कले तेजस्वी एकेडेमीलाई १२–८ ले हरायो । ल्यान्डमार्ककी प्रतिक्षा राईले ८ स्कोर गरिन् । ब्वाइज÷गल्र्स दुवैमा गण्डकी पब्लिक स्कुल तेश्रो भयो ।

ल्यान्डमार्क एकेडेमीको संयोजनमा भएको प्रतियोगिताको ब्वाइजमा नवोदितका सौरव खड्का र गल्र्समा ल्यान्डमार्ककी प्रतिक्षा राई ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । ब्वाइजमा नवोदितका सवल श्रेष्ठ (३१ स्कोरं) तथा गल्र्समा ल्यान्डमार्ककी श्रृष्टि ल्हो (२५ स्कोर) प्रतियोगिताकै सर्वाधिक स्कोरकर्ता बने ।