काठमाडौं।
राराहिल चौथो पुष्पसदन कप उपत्यकाव्यापी अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको सिनियर ब्वाइजमा शनिबार सेमिफाइनलमा प्रवेश गरेको छ ।
राराहिलले भ्याली भ्यूलाई ६०–५७ ले पराजित गर्दै सेमिफाइनल पुग्ने अन्तिम टोली बन्यो । राराहिलका नोजा महर्जनले २० अंक जोडे । यसअघि आयोजक पुष्पसदन, रेडियन्ट पब्लिक र निःसर्ग वाटिकाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेका छन् ।
गल्र्सको थ्री बाइ थ्रीमा प्रिक्वाटरफाइनल समीकरण तयार भएको छ । प्रिक्वाटरफाइनल न्यु जेनिथ र पुष्पसदन ‘बी’, द एक्सेल्सियर स्कुल र जेसिस, सेन्ट मेरिज र लिटिल एन्जल्स ‘बी’ तथा स्वर्णिम र क्याम्पियनबीच हुनेछ ।
अन्य प्रिक्वाटरफाइनलमा मेगसले केसेस ‘ए’, एलआरआईले पुष्पसदन ‘ए’, मंगलले निःसर्ग वाटिका ‘बी’ र निःसर्ग ‘ए’ ले राराहिलको सामना गर्ने छन् ।











प्रतिक्रिया