चरिकोटमा एमालेको जनसभा

564
Shares

दोलखा। 

नेकपा एमाले दोलखाले पार्टी केन्द्रले घोषणा गरेको प्रतिगामी षडयन्त्रविरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत शनिवार सदरमुकाम चरिकोटमा बृहत जन¥याली तथा सभाको आयोजना गरेको छ । 

जन¥यालीका सहभागीहरूले नेपाली जनता के भन्छ केपी ओली ले भन्छ, नेकपा एमाले जिन्दावाद, संविधान सभा पुनर्स्थापन गर जस्ता नारा लगाउँदै सदरमुकाम चरिकोटको मुख्य– मुख्य बजार क्षेत्रको परिक्रमा गरेका थिए । 

जन¥याली पछि ए– वान पार्टी प्यालेसमा भएको सभामा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् दोलखा इन्चार्ज पार्वत गुरुङले वर्तमान राजनीतिक सङ्कटको निकास केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट मात्र सम्भव हुने बताए । 

नेकपा एमाले दोलखाका अध्यक्ष नर बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभामा नेकपा एमालेको केन्द्रीय सदस्य सरस्वती बस्नेत, बागमति प्रदेश कमिटी सचिवालय सदस्य एवम् प्रदेशको बन तथा वातावरण मन्त्री भरत बहादुर केसी, बागमति प्रदेश कमिटी सचिवालय सदस्य बालकृष्ण सिवाकोटी, पार्टी समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेत, दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धर र सचिव स्वयम बहादुर खड्काले मन्तव्य व्यक्त गरेका थिए ।