“डिआइजीको दौडमा किन अग्रपंक्तिमा सोमेन्द्र सिंह राठौर?”

41.17k
Shares

नेपालमा भिजिट भिसा मार्फत हुँदै आएको मानव तस्करीको जटिल र गम्भीर स्वरूपले सुरक्षा संयन्त्र, अध्यागमन तत्था राजनीतिक नेतृत्व सबैलाई कठोर प्रश्नहरू अगाडि उभ्याइदिएको छ। तर यिनै चुनौतीपूर्ण परिस्थितिमा केही अधिकारीहरूले असाधारण साहस, निष्पक्षता र इमानदारीका साथ राज्यका संवेदनशील क्षेत्रलाई सफा गर्ने अभियानमा आफूलाई समर्पित गरेका थिए ।

तीमध्येकै एक हुन्—नेपाल प्रहरीका एसएसपी सोमेन्द्र सिंह राठौर। पछिल्ला वर्षहरूमा मानव तस्करी, अध्यागमनको दलदल, उच्च तहसम्मको मिलेमतो, अनियमितता र भष्ट्राचार उजागर गर्ने लडाइँमा उनी उपत्यका अपराध अनुसंधान कार्यालयमा रहदा अग्रसर मात्र भएनन्, निरन्तर अग्रभागमै उभिएर राज्यको विश्वासयोग्य अनुहार बनेका अधिकारी हुन।जसको त्यतिबेला सहि तरिकाले अनुसंधान गर्न दिइएको हुन्थ्यो त सरकार त्यतिखेरै गर्ल्याम्म हुन पनि सक्ने अवस्था सिर्जना हुन्थ्यो।उनी त्यहा रहदा सम्म मानव तस्कर हरु दुबई र भारतमा आश्रय लिन बाध्य पारिएका थिए। मानव तस्करीविरुद्धको निर्णायक कदम भिजिट भिषा मार्फत गरिने मानव तस्करी नेपालको प्रमुख अपराध समस्या बन्न पुगेको छ। विशेष गरी ग्रामीण क्षेत्रका अनपढ, बेरोजगार र आर्थिक रूपमा असुरक्षित महिलाहरू लक्ष्य बनाइन्थे।

यस्तो अपराध रोक्ने नाममा कैयौँ वर्षदेखि नारा त उठाइए तर व्यवहारमा साँचो परिणाम निकै थोरै देखिन्थ्यो। तर एसएसपी राठौरको नेतृत्वमा यो क्षेत्रमा एउटा प्रणालीगत र ऐतिहासिक हस्तक्षेप गरिएको थियो । स्वयम् अध्यागमन कार्यालय, एयरलाइन्स, दलाल, प्रहरीका केही पदाधिकारीसम्मसँगको मिलोमतोमा चल्दै आएको दैनिक डेढदेखि दुई करोडसम्मको अनियमितताको अड्डालाई भत्काउँदै उनले कठोर कारबाही प्रक्रिया अघि बढाए। सबैभन्दा महत्वपूर्ण पक्ष—उनीले आफ्नै तालुक मन्त्रालय र मातहतका अधिकारीहरूविरुद्ध पनि कारबाहीमा कञ्जुस्याइँ गरेनन्।

यसले राज्य संयन्त्रमा एक बलियो सन्देश दियो—अपराधी जोसुकै होस्, त्यसको मुखुण्डो खोलिन्छ।उनी त्यति साहसी थिए।त्यही कारण उक्त विषय सम्सदमा उठ्दा २ महिना सम्म सम्सद अबरुद्द भएको सबैलाई सर्बबिधितै छ। पिडितलाई न्याय–अपराधीलाई दण्ड मानव तस्करीको जालोमा परेकाहरूले वर्षौंसम्म पाएका थिए—हतासो, निराशा र प्रक्रियागत यातना। तर राठौरको नेतृत्वमा चलाइएको छानबिन र कारबाहीका कारण दर्जनौँ पिडितले पहिलो पटक वास्तविक न्याय महसुस गरे। अन्तर्राष्ट्रिय माफियादेखि लिएर देशभित्रका शक्तिशाली गिरोहसम्मका गतिविधि नाङ्गा पारेर उनले मानव तस्करीलाई सामान्य अपराध होइन, राष्ट्रिय सुरक्षासँग जोडिएको खतरा हो भनेर स्थापित गरे।

अध्यागमनको ‘अन्धकार क्यान्टीन’ भत्काउने दुस्साहस अध्यागमन कार्यालय वर्षौंदेखि अनियमितता, ‘कट’ संस्कृति, दलाली र अवैध पासका ठूलो घरका रूपमा चिनिँदै आएको थियो। तर यही ठाउँमा एसएसपी राठौरले सबैभन्दा जोखिमपूर्ण तर परिणाममुखी कदम चालेर, राज्यको आयसँगै, कानूनको प्रतिष्ठा जोगाए। एयरलाइन्सदेखि अध्यागमनका कर्मचारी, दलाल तथा सुरक्षाकर्मीहरूसम्म समेटेर ठोस प्रमाणसहित तस्करी नेटवर्क विघटन गर्नु सम्पूर्ण सुरक्षा संयन्त्रका लागि एउटा असामान्य उपलब्धि थियो।त्यस कार्यले नेपाल प्रहरीको गरिमा उचो बनाएको समेत भुल्न सकिँदैन।

किन अहिले उनी नै—डिआइजिपीको मुख्य दाबेदार? नेपाल प्रहरीको बढुवा प्रणालीमा जेष्ठता, कार्यसम्पादन, नेतृत्व क्षमता र नैतिक बल प्रमुख आधार मानिन्छ। जेष्ठता क्रम अनुसार अहिले २ नम्बरमा रहेका एसएसपी राठौरले पछिल्ला वर्षमा गरेका कार्यसम्पादनले उनी बढुवाको सबभन्दा स्वाभाविक र योग्य उम्मेदवार बनेका छन्। अर्कोतर्फ १ नम्बरमा रहेका विश्व अधिकारी परिसर काठमाडौंका प्रमुख रहेर सुरक्षा चुकका कारण निहत्था बालबालिकाको ज्यान गएको गम्भीर घटना आजै पनि प्रश्न उठाउने विषय बनेको छ।

नैतिक तथा व्यावसायिक दायित्वका आधारमा त्यस्तो घटना भएको व्यक्तिलाई तत्काल बढुवा सूचीमा राख्नु उपयुक्त नहुने ठहर राज्य संयन्त्रले नै गरिसकेको छ। त्यसैले अब प्रहरी संगठनलाई नेतृत्व, कठोरता, इमानदारी र परिणाम दिनसक्ने अधिकारी चाहिएको खण्डमा सबै सूचक सोमेन्द्र सिंह राठौरतिर नै अङ्कित हुन्छन्। उनीसँग दुवै गुण छन्—जेष्ठता र असाधारण कार्यसम्पादन। यस्ता संयोजन प्रहरी संगठनमा दुर्लभ नै हुन्छ।

निष्कर्ष : संगठनलाई नयाँ ऊर्जा दिन सक्ने योग्य नाम—सोमेन्द्र सिंह राठौर आज प्रहरी संगठन धेरै मोडमै उभिएको छ—विश्वसनीयता, जनविश्वास, पारदर्शिता र व्यावसायिकतामाथि प्रश्न उठाइँदैछ। यस्तो अवस्थामा यी मूल्यहरू जोगाउँदै संगठनलाई नडराई, नझुकी उभ्याउन सक्ने नेतृत्व आवश्यक छ। मानव तस्करीको विरुद्धमा जोखिम मोलेर अग्रपंक्तिमा लड्ने, भष्ट्राचारको जग हल्लाउने, अध्यागमनलाई सफा गर्ने, पिडितलाई न्याय दिलाउने र संगठनका लागि सधैं अग्रभागमै उभिने, गुन्डाको सातो उडाउन सक्ने, हरेक अफ्ट्यारो पर्दा संगठन बाट खोजी गरिने अधिकारी मध्ये सबैभन्दा निर्णायक नाम सोमेन्द्र सिंह राठौर नै हुन्। यसैले आगामी बढुवामा उनीलाई डिआइजिपी बनाउनु प्राकृतिक, न्यायसङ्गत र संगठन हितमा भएको निर्णय हुनेछ। नेपाल प्रहरीले खोजिरहेको परिवर्तन, कठोरता र निष्पक्षताको मेरुदण्ड उनीहरूसँगै बलियो हुनेछ।