काठमाडौं ।
कदर बचत तथा ऋण सहकारी संस्थाले १६औं साधारणसभा शनिबार काठमाडौंमा सम्पन्न भयो । संस्थाका शेयर सदस्यहरुलाई २।६२ प्रतिशत नगद लाभांश दिने अध्यक्ष विरेन्द्रमान शाक्यले कार्यक्रममा बताउनुभयोे ।


संस्थाका अध्यक्ष शाक्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कोषाध्यक्ष होमबहादुर श्रेष्ठले २०८१|०८२ को आर्थिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने उपाध्यक्षले सूर्यतेज शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नुभयो ।
यस्तै शेयर पूँजी आव २०८०|०८१ मा भन्दा आव २०८१|०८२ मा १ लाख २८ हजार वृद्धि भएको छ भने आव २०८१०८२ मा ४० लाख संक्षिप्त आर्थिक विवरणमा निक्षेप घटेको देखिएको छ ।
त्यस्तै नेसं। ११४५ मिस नेवा आईकोन रोजिका बज्रचार्यलाई विशेष सम्मान गरिएको छ । आठ जना एसईईमा उत्तीर्ण भएका संस्थाका सदस्यहरुको छोराछोरीहरुलाई पनि सम्मानपत्रले सम्मान गर्नुभएको छ ।
कार्यक्रममा कार्यकारी प्रमुख बलराम डंगोलले विविध पक्षहरुको प्रकाश पार्नुका साथै उपस्थित सदस्यहरुको प्रश्नको उत्तर दिनुभएको थियो भने अध्यक्ष शाक्यको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।












प्रतिक्रिया