दोलखा।
दोलखाको शैलुङ क्षेत्र भ्रमणगरी फर्कदै गरेको यात्रु बोकेको अरनिको यातायात समितिको बागमती प्रदेश ०१– ००२ ज ६२०८ नम्बको इभी भ्यान दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।
शैलुङ भ्रमण गरी चरिकोट फर्कने क्रममा दोलखाको शैलुङ गाँउपालिका वडा नम्बर– ८ कालापानी बुद्धपार्क (धावा वाङ्गेल पार्क) मा शुक्रवार ४ः३० बजे भएको दुर्घटनामा परी गोरखा घर भई काठमाडौँको चन्द्रगिरी बस्दै आएकी ६० बर्षिय एकुमाया अर्यालको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
दुर्घटनामा इभी चालक दोलखाको गौरीशङ्कर गाँउपालिका वडा नम्बर– १ का ४५ बर्षिय गोकुल कार्की, मृतक महिलाको छोरा ३२ बर्षिय सञ्जीव अर्याल लगायत १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।
इभिमा आठ महिलासहित १६ जना रहेको पनि प्रहरीले जनाएको छ । दुर्घटनामा परेर गम्भीर घाइते केहीलाई सदावहार अस्पताल खाडिचौर पठाईएको र केही घाईतेको शैलुङ गाँउपालिकाकै बाघखोर अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया