एमएडब्लू वृद्धिलाई अवार्ड


काठमाडौं ।

एमएडब्लू वृद्धि कमर्शियलले फोटोन कमर्सियल भेहिकल्सका लागि प्रदान गरिने ‘पायोनियर इन न्यू एनर्जी प्रोमोसन अवार्ड’ प्राप्त गरेको छ। यो सम्मान बेइजिङमा सम्पन्न फोटोन ग्लोबल कन्फरेन्स २०२६ मा प्रदान गरिएको हो।

१४० भन्दा बढी देशका २,००० भन्दा बढी साझेदारको सहभागिता रहेको कार्यक्रममा एमएडब्लू वृद्धिका म्यानेजिङ डायरेक्टर विवेक सिकरियाले उक्त अवार्ड ग्रहण गरेका थिए। फोटोनका उपाध्यक्ष किन झिडोङ्गले अवार्ड प्रदान गरेका थिए। कन्फरेन्समा ११० अत्याधुनिक कमर्सियल भेहिकल्स प्रदर्शन गरिएको थियो भने उद्योगको भविष्यलाई अघि बढाउने नवीनतम प्रविधि र विकास योजनाहरू पनि प्रस्तुत गरिएको थियो।

एमएडब्लू वृद्धिले नेपालमा व्यावसायिक सवारीसाधनको प्रमुख आपूर्तिकर्ताको रूपमा विश्वसनीयता, प्रदर्शन र उत्कृष्ट आफ्टर–सेल्स सर्भिस प्रदान गर्दै आएको छ। कम्पनीले देशभर शोरुम र सर्भिस सेन्टरहरूको सञ्जाल विस्तार गर्दै व्यावसायिक ग्राहकलाई उच्च गुणस्तरका सवारीसाधन उपलब्ध गराइरहेको छ।