निम्स र टीआईए सेमिफाइनलमा


काठमाडौं।

निम्स र आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा बिहीबार सेमिफाइनलमा प्रवेश गरेका छन् । निम्सले भ्याली पब्लिकलाई ४६–३४ तथा टीआईएले हेम्सलाई ५२–२६ ले पराजित गरे । निम्सका विसो तामाङले १४ र टीआईएका सुमन नगरकोटीले १८ अंक जोडे ।

सोही स्पर्धामा विल्सन एकेडेमीले मंगलदीपलाई ४५–४३ तथा ज्ञान निकेतनले कन्स्टिलेसनलाई ६५–६१ ले हराउदै अन्तिम चारमा पुगे । विल्सनका रेहान डंगोलले २२ तथा ज्ञान निकेतनका सवाज मन्सुरले २८ स्कोर गरे । अन्तिम चारमा विल्सनको भेट टीआईएसंग हुनेछ भने निम्सले ज्ञान निकेतनको सामाना गर्ने छ ।
गल्र्समा भ्याली पब्लिकले ज्ञानोदयलाई ३१–१७, ग्रिनल्यान्डले हिमरश्मिलाई २६–१४, चेल्सीले काष्ठमण्डप विद्यालयलाई २१–१४ र निम्सले युरो स्कुललाई २८–१० ले पाखा लगाउदै अन्तिम चारमा स्थान सुरक्षित गरे । अन्तिम चारमा ग्रिनल्यान्ड र चेल्सी तथा निम्स र भ्याली पब्लिकबीच हुनेछ ।