हाम्रो पार्टी एकताका कारण कतिपयको होस हवास उडेको छ, हामीलाई धन्यवाद दिनुस्  : सह-संयोजक नेपाल


काठमाडौँ। 

नेपाली कम्युनिष्ट पार्टीका सह-संयोजक माधवकुमार नेपालले आफूहरुको एकताका कारण नेकपा एमालेकाे सातो गएको टिप्पणी गरेका छन् ।

नेपाली कम्युनिष्ट पार्टीमा बुधबार मातृभूमि जागरण अभियान समाहित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले एकताको प्रक्रिया निरन्तर अघि बढिरहेको बताउँदै एकता अभियानले राजनीतिमा नयाँ तरंग पैदा गरेको बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै उनले कम्युनिष्ट आन्दोलनका कतिपय घटकहरुको सातो गएको टिप्पणी गरे।

सह-संयाेजक नेपालले आफूहरुको एकता अभियानले ओलीको होस हवास उडेको टिप्पणी गर्दै गाली-गलौजमा उत्रिन आवश्यक नरहेको बताएका छन् । आफूहरुलाई धन्यवाद दिन प्रस्ताव पारित गरे घाउमा मल्हम लाग्ने उनको भनाइ थियाे। उनले कार्यक्रममा एकता गरेकोमा मातृभूमि जागरण अभियान नेपाल र नेपाली कम्युनिष्ट पार्टीका नेताहरुलाई धन्यवाद दिएका छन्।

एकता अभियानप्रति गौरवबाेध गर्नुपर्ने सह-संयाेजक नेपालकाे तर्क थियाे।