बोस्च पावर टुल्सद्वारा दराज ११.११ अफर सार्वजनिक, १५% सम्म छुट


काठमाडौं, बोस्च पावर टुल्स, विश्वव्यापी प्रविधि कम्पनी बोस्चको एक विभाग, नेपालमा आधिकारिक वितरक इन्फ्राटेक प्रा. लि.मार्फत दराज नेपालको ११ः११ अभियानमा सहभागी हुँदैछ । यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण आफ्नै हातले निर्माण गर्ने र रुचाउने ग्राहकलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५% सम्मको छुट पाउने मौका उपलब्ध हुनेछ ।

नेपालको प्रमुख ई–कमर्स प्लेटफर्म दराजमा उपलब्ध यस अभियानले निर्माण, अटोमोबाइल, र घर सुधारका लागि बोस्च पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गर्दछ । साथै, फास्टेस्ट फिङ्गर फस्र्ट अफरमा २२,९०० मूल्यको प्रेसर वाशर केवल ११ मा पाउने अद्भुत अवसर पनि उपलब्ध हुनेछ । ग्राहकले यस अभियानमा यस्ता लोकप्रिय उपकरण पनि अन्वेषण गर्न सक्नेछन् ।

यस ११ः११ अभियानमार्फत बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालकाठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराउँछ ।
नेपालमा बोस्च पावर टुल्स वि.स.२०७३ देखि यसको एक मात्र आधिकारिक वितरक इन्फ्राटेक प्रा. लि.मार्फत वितरण हुँदै आएका छन्, जसले प्रमाणिक उत्पादन र व्यापक बिक्रीपछिको सेवा सुनिश्चित गर्छ ।

ग्राहकले यी सीमित समयका अफर नोभेम्बर ११ देखि दराजमा मात्र लाभ उठाउन सक्नेछन् । छुटयुक्त उपकरण र सहायक सामग्रीको पूर्ण श्रृंखला हेर्न बोस्चको आधिकारिक स्टोरमा जानुहोस् ।

बोस्च पावर टुल्सको बारेमा

बोस्च पावर टुल्स, बोस्च समूहको एक विभाग, पावर टुल्स, सहायक उपकरण र मापन उपकरणमा विश्वव्यापी नेता हो । शताब्दीकै नवप्रवर्तनसँगै यो ब्रान्ड १५० भन्दा बढी देशमा सञ्चालन हुन्छ, पेशेवर र म्क्ष्थ् प्रयोगकर्तालाई भरपर्दो समाधान प्रदान गर्दै आएको छ ।

इन्फ्राटेक प्रा. लि. को बारेमा

इन्फ्राटेक प्रा. लि. वि.स.२०७३देखि नेपालमा बोस्च पावर टुल्सको एक मात्र आधिकारिक डिलर हो । काठमाडौंको थापाथलीमा आधारित कम्पनीले नौ वर्षको अवधिमा ठूला डिलर नेटवर्क र विविध औद्योगिक तथा निर्माण ग्राहकलाई सेवा दिँदै बलियो प्रतिष्ठा निर्माण गरेको छ ।