उदयपुर ।
त्रियुगा नगरपालिका र भारतीय दुतावास विच नगर अस्पताल निर्माणका लागि भारत सरकारबाट अनुदान सहयोगको समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सोमबार एक कार्यक्रम विच संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा त्रियुगा नगरपालिका र भारतीय दुतावास विच नगर अस्पताल निर्माणको अनुदान सहयोग लिने सम्बन्धि समझदारी पत्रमा हस्ताक्षर भएको हो ।
भारतीय दुतावासले त्रियुगा नगरपालिका वडा नं. ५ स्थित देउरीमा नगर अस्पताल निर्माणका लागि २० करोड अनुदान सहयोग उपलब्ध गराउने समझदारी पत्रमा उल्लेख छ ।
भारत सरकारको उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरूको कार्यान्वयनका लागि भारतीय अनुदान सहायता (एचआईसीडीपी) कार्यक्रम अन्तरगत अस्पताल निर्माणमा दुतावासले लगानी गर्ने नगरप्रमुख बसन्त कुमार बस्नेतले जानकारी दिनुभयो ।
नगर प्रमुख बसन्तकुमार बस्नेतका अनुसार भारतीय दुतावासको ९० प्रतिशत र त्रियुगा नगरपालिकाको १० प्रतिसत रकमले अस्पताल भवन र मेडिकल उपकरण खरिद गरिने छ ।
एमओयुमा त्रियुगा नगरपालिकाको तर्फबाट नगरप्रमुख बसन्त कुमार बस्नेत र दुतावासको तर्फबाट विकास साझेदारी एंवम पुर्ननिर्माण काउन्सलर अविनाश कुमार सिंहले हस्ताक्षर गर्नु भएको छ ।
दुताबासले बजेट दिने भएपछि आगामी एक हप्ता विचमा भवन निर्माणको टेण्डर आव्हान गरिने नगर प्रमुख बस्नेतको भनाई छ ।
हाल त्रियुगा नगरपालिका वडा नं ५ देउरी बजारमा नगर अस्पताल सञ्चालनमा रहेको तर उचित र व्यवस्थापकीय संरचना कमजोर रहेकोले अस्पताल संचालनमा साँघुरो भएको छ । अस्पतालमा बिरामीको चाँप दिनप्रतिदिन बढ्दै गएकोले व्यवस्थित र सुविधायुक्त अस्पतालका लागि भारतीय राजदुतावासको सहयोगमा अस्पताल निर्माण गर्न सम्झौता भएको नगरपालिकाले जनाएको छ ।











प्रतिक्रिया