धादिङ ।
गर्भ जाचँ गराउन नजिकको स्वास्थ्य संस्थामा जानुपर्छ । गल्छी गाउँपालिका वडा नम्बर १, २, ७ र ८ मा गर्भवती भएका सबै महिलाले स्वास्थ्य संस्थामा सकारले तोकेको मापदण्ड अनुसार गर्भ जाँच गराए ।
बालमैत्री वडा घोषणापूर्व जिल्ला समन्वय समिति प्रमुख नवराज अधिकारीको अध्यक्षतामा भएको अनुगमनमा सम्पूर्ण महिलाहरूले नियमित गर्भ परीक्षण गराएको, नियमित आइरन चक्की खाएको र लगाउनुपर्ने खोप समेत लगाएको पाइएपछि वडाहरु बालमैत्री वडा घोषणा भए । रुबभ्यिाली गाउँपालिकाको वडा नम्बर १ पुरुमा रहेको लाप्साङकर्पो स्वास्थ्य केन्द्रको क्षेत्रमामा सबै गर्भवतीले स्वास्थ्य परीक्षण गरे । स्वास्थ्य चौकीमा आएर बच्चा जन्माए । दुर्गम गाउँमा भएको यो चेतनाले समुदाय स्वास्थ्यप्रति सचेत रहेको देखायो ।
जिल्ला जनस्वास्थ्य कार्यालय धादिङले आयोजना गरेको वार्षिक समिक्षामा भने गर्भ परीक्षण गर्ने महिलाको संख्या न्यून देखाएको छ ।
जनस्वास्थ्य कार्यालय धादिङको तथ्यांक अनुसार ४ हजार ७ सय ३९ जना गर्भवती हुने प्रक्षेपण गरिएकोमा ७२ ओटा बर्थिङ सेन्टरबाट २ हजार १ सय ७९ जना सुत्केरी रहेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालयमा उपलब्ध भएको छ ।
यसरी हेर्दा संस्थागत सुत्केरी ४४ प्रतिशत रहेको देखिन्छ भने आठपटक गर्भ जाँच गर्नेको संख्या ४५ प्रतिशत र ४ पटक गर्भ जाँच गर्नेको संख्या ५८ प्रतिशत रहेको छ ।
संस्थागत सुत्केरी गराउनेमध्ये २० वर्षमुनीका १५ दशमलब ०१ प्रतिशत रहेको देखिएकोले बालविवाहको अवस्था धेरै रहेको तथ्याङ्कले देखाउँछ । धादिङ जिल्लामा औषधी अभाव छैन भनिए पनि सरकारले निःशुल्क वितरण गर्ने गर्भवतीले कम्तीमा १ सय ८० दिन खानुपर्ने फोलिक एसिड (आइरन चक्की) समेत ५४ प्रतिशत गर्भवतीलेमात्र पाएका छन् ।
जनस्वास्थ्य कार्यालयको तथ्यांक प्रस्तुत गर्दै जनस्वास्थ्य कार्यालयका अधिकृत निरध्वज घर्तीले जिल्लाको खोप कभरेज ८४ प्रतिशत रहेकोमा गर्भवतीको खोप कभरेज ४९ प्रतिशतमात्र रहेको बताए ।
यस आर्थिक वर्षमा धादिङमाद १ जना मातृमृत्यु र ७ जना नवजात शिशुको मृत्यु भएको छ ।

धादिङ जिल्लाको २ पालिकामा गरिएको ९ सय ९८ जनामा गरिएको टिभि परीक्षणमा २१ जनालाई पोजेटिभ देखिएको छ भने ३ पालिामा १ सय १२ स्थानको पानी परीक्षण गर्दा पानी ८२ स्थानको पानी पिउन अयोग्य देखिएकोले सचेतना कार्यक्रम संचालन गर्दै पानी उपचार समेत गरिएको थियो ।
सात सरकारी अस्पताल, पाँच नीजि अस्पताल, दुई प्राथमिक स्वास्थ्य केन्द्र, ४४ स्वास्थ्य चाैकी, चार आयुर्वेद औषधालय, २६ सामुदायिक स्वास्थ्य ईकाइ, ३९ आधारभूत स्वास्थ्य सेवा केन्द्र, ४ सय ५४ महिला स्वास्थ्य स्वयंसेविकाबाट स्वास्थ्य सेवामा दिइएको छ । जिल्लाभर ०८१/८२ मा १ लाख ८ हजार ४ सय ९५ जनाले वहिरंग सेवा लिएभने १ लाख ४ हजार ६ सय ८ जना दाेहाेर्याएर सेवा लिएकाे जनस्वास्थ्य कार्यालय धादिङका अधिकृत नीरजध्वज घर्तीले बताए ।
समिक्षाकाे क्रममा बच्चा ताताेपार्ने बेबी वारमर मर्मतमा समस्या, लामाे समय चिसाे राख्ने काेल्ड बक्सकाे अभाव, परिवार नियाेजनका साधन १२ महिना उपलब्ध हुनुपर्नेमा अभाव हुने गरेकाेले समस्या समाधान गर्न आग्रह गरिएको थियाे ।











प्रतिक्रिया