काठमाडौँ
सेयर बजारका लगानीकर्ताले स्थापना गरेको कम्पनी एभरेष्ट भेन्चर्स लिमिटेडले पूर्णरूपमा संचालनमा आएको पहिलो वर्षमै सात प्रतिशत बोनस सेयर आफ्ना सेयरधनीका लागि वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको संचालक समितिको बैठकले आफ्ना सेयरधनीका लागि सात प्रतिशत बोनस सेयर र सोवापत लाग्ने कर प्रयोजनका लागि नगद लाभांश वितरणको प्रस्तावसहित आउने मंसिर २० गते दोस्रो वार्षिक साधारणसभा बोलाएको छ ।
अधिकृत पूँजी दुई अर्ब, जारी पूँजी ५० करोड र संस्थापकले चुक्ता गर्ने पूँजी ३५ करोड रहेको सो कम्पनीका तीन सय ३२ जना सेयरधनी छन् । कम्पनीले सहायक कम्पनी खोल्ने, ४९ करोड कर्जा लिने, लगानी सम्बन्धी प्रस्ताव पारित गर्नेलगायतका प्रस्ताव साधारणसभामा लैजाने निर्णय पनि गरेको छ ।
२०८१ साल असार अन्तिममा कारोबार शुरु गरेको सो कम्पनीले हाल पूँजी बजारमा लगानी केद्रित गरी जोखिम ब्यवस्थापन गरेर सेयरधनीलार्ई राम्रो प्रतिफल दिने कृयाकलाप गरिरहेको जनाईएको छ । कम्पनीको संचालक समिति अध्यक्षमा बरिष्ठ पत्रकार डिल्ली बसेल र प्रमुख कार्यकारी अधिकृत तिलक कोइराला छन् ।











प्रतिक्रिया