विङ्गर दुर्घटनामा चालकसहित १२ जना घाइते

1.5k
Shares

उदयपुर। 

उदयपुरको त्रियुगा नगरपालिका वडा नं। ४बगाहा  शान्तिचोकमा यात्रु बाहक  विङ्गर गाडी बिहान ७ : ४५बजे दुर्घटना हुँदा चालकसहित १२ जना घाइते भएका छन् ।

गाईघाटबाट लहानतर्फ जाँदै गरेको ना १ ज ८३९१ नम्वरको विङ्गर आफै अनियन्त्रित भई सडक छेउमा रहेको सिमेन्टको पर्खालमा ठक्कर खाई दुर्घटना हुँदा चालकसहित १२ जना सवार घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार  घाइतेहरूलाई उपचारको लागि तत्काल जिल्ला अस्पताल उदयपुरमा ल्याइएको थियो । बिरामीहरूको अवस्था अनुसार कोही डिस्चार्ज भईसकेकका छन् भने कसैलाई थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालहरुमा समेत रेफर गरिएको छ । 

चालक जिल्ला सप्तरी हनुमाननगर घर भई हाल त्रियुगा नगरपालिका वडा नं। ३ मोतिगडामा अस्थाई रुपमा बस्दै आएका वर्ष २६ को उपेन्द्र साह समेत घाइते भई जिल्ला अस्पतालमा उपचाररत छन् ।

  घाईतेहरु मध्ये त्रियुगा नपा वडा नं। ११ संगमटोल बस्ने वर्ष ७४ को पूर्ण बहादुर राई, ऐ। वडा नं।(१२ बस्ने वर्ष १७ की प्रजिता बि।क।, जिल्ला ओखलढुङ्गा खिजिदेम्बा गापा वडा नं २ बस्ने वर्ष ४५ को तीर्थ घिमिरे, जिल्ला सप्तरी सुरुङ्गा नपा वडा नं १ बस्ने वर्ष २७ की चन्द्र माया चौधरी, ऐऐ। बस्ने निजकै छोरी वर्ष ४ की एरिना चौधरी र  जिल्ला काठमाण्डौ गोकर्णेश्वर नपा वडा नं २ बस्ने वर्ष ४४ को शम्भुराज पोखरेल उपचार पश्चात् डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

  त्रियुगा नपा वडा नं। ११ संगमटोल बस्ने वर्ष अं ६० की राम कुमारी राई, त्रियुगा नपा १२ बस्ने वर्ष ४४ को ज्ञानेन्द्र बिक, वडा नं। (०७ चुहाडे बस्ने वर्ष २२ को केवल ठकुरी,  वडा नं २ खैजनपुर बस्ने वर्ष ७७ को कमल बहादुर खड्का, ऐ। ऐ। बस्ने वर्ष ५७ को नर बहादुर खत्री र विङ्गर चालक समेत हाल उपचाररत रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।