भक्तपुर ।
जिल्ला प्रहरी परिसर भक्तपुरले प्रहरी चौकी खरिपाटी र प्रहरी वृत्त जगातीमा तोडफोड तथा आगजनी गरेको आरोपमा ३ जनालाई पक्राउ गरेको छ ।
जेन-जी आन्दोलनका क्रममा सूर्यविनायक नगरपालिका वडा नं. ८ जगातीमा रहेको प्रहरी वृत्त जगाती र चाँगुनारायण नगरपालिका वडा नं. ७ मा रहेको प्रहरी प्रभाग खारिपाटी तोडफोड तथा आगजनी गरेको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका वडा नं. ९ पलासे बस्ने वर्ष २८ को सुदिप घिमिरे, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका वडा नं. ३ घर हुने बर्ष २६ को छेकु लामा र चाँगुनारायण नगरपालिका वडा नं. ६ खरीपाटी बस्ने बर्ष ४६ को सुरेश बास्तोला रहेका छन् ।
पक्राउ परेका तीनै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य भइरहेको परिसरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक ((डिएसपी) प्रकाश जगेबुले जानकारी दिए ।











प्रतिक्रिया