सानिमा बैंकको दराजसँग दराज ११.११ योजनाका लागि सहकार्य


काठमाडौँ
सानिमा बैंकले ग्राहकका लागि दराजसँग दराज ११.११ योजनामा विशेष छुट दिने सहकार्य गरेको छ ।

योजना अवधिभर दराजबाट सामान खरिद गरी ग्राहकले सानिमा बैंकको डेबिट तथा क्रेडिट कार्डबाट अग्रीम भुक्तानी गर्दा विशेष छुट प्राप्त गर्न सक्नुहुनेछ । ग्राहकले डेबिट कार्डबाट भुक्तानी गर्दा १५% वा अधिकतम् १ हजार ५ सय रुपियाँसम्मको छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २०% वा अधिकतम् २ हजार रुपियासम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

छुटका लागि ग्राहकले दराजबाट बैंक भौचर सङ्कलन गर्नुपर्नेछ । योजना अवधिभर सहभागी हुने ग्राहकलाई “पहिलोलाई प्राथमिकता” को आधारमा छुट प्रदान गरिनेछ ।

यो योजना २०८२ कार्तिक २५ देखि मंसिर ५ गतेसम्मका लागि लागू हुनेछ ।
बैंकले यसैगरी ग्राहकलाई विभिन्न छुट तथा अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । छुटको विस्तृत विवरण बैंकको वेबसाइटमा उपलब्ध छ । सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।