लुम्बिनी विकास बैंकद्वारा किर्तिमानी पर्वतारोहीलाई सम्मान


काठमाडौँ
लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि नै “निरन्तर सहयात्रा” गर्दै आउनु भएका किर्तिमानी पर्वतारोही कामीरिता शेर्पाले ३१ औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहणको क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुग्न सफल हुनुभएकोमा विकास बैंकले आज मिति २०८२ कार्तिक २३ गते सम्मान कार्यक्रमको आयोजना गरी प्रमुख कार्यकारी अधिकृत नरेशसिंह बोहराले उहाँको उत्तरोत्तर प्रगतिको कामना सहित सम्मान गर्नुभयो ।

किर्तिमानी पर्वतारोही कामीरिता शेर्पा बिगत दुई दशकदेखि यस लुम्बिनी विकास बैंकलिमा “निरन्तर सहयात्री” बनी आबद्घ हुनुहुन्छ । उहाँको यो किर्तिमानी आरोहण आफ्नो लागि मात्र नभएर आफ्नो परिवार, शेर्पा समाज तथा सम्पूर्ण नेपालको लागि आपूmले ३१ औं पटक आरोहण गरेको जानकारी दिनुभयो । उहाँको यस शाहसिक कार्यले लुम्बिनी विकास बैंक लिसहित सम्पूर्ण देशलाई गौरवान्वित बनाएको छ ।

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको बिभिन्न स्थानमा गरी ८९ वटा शाखा कार्यालय तथा एक विस्तारित शाखा (एक्सटेन्सन काउण्टर) रहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधि सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।