सिद्घार्थ बैंकका ग्राहकलाई माउन्ट अफ एक्सेलमा ४० प्रतिशत छुट


काठमाडौँ
सिद्धार्थ बैंक र माउन्ट अफ एक्सेल प्रा. लि.बिच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौताअनुसार गोकर्णेश्वर, काठमाडौंस्थित माउन्ट अफ एक्सेलमा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरीे भुक्तानी गर्दा ४० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नुहुनेछ ।

सम्झौताले ग्राहकलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।