पोखरेल राष्ट्रिय  प्रतिष्ठानमा नयाँ कार्यसमिति 

2.16k
Shares

काठमाडौँ । 

पोखरेल राष्ट्रिय प्रतिष्ठान केन्द्रीय कार्य समितिको शनिवार काठमाडौँको  सिनामङ्गलमा भएको ११ अ‍ौ साधारणसभाले २१ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।

प्राध्यापक डाक्टर माधव प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा भएको सो साधारणसभामा उनले विश्वभरि छरिएर रहेका पोखरेल बन्धुहरु एक भएर अघि बढ्नु पर्ने अवस्था आएको छ । पोखरेल वंशका बारेमा अझै गहन  अध्ययन अनुसन्धान आवश्यक भएकोले यसकालागि पहल गर्दै वंशावली अद्यावधिक गर्दै जानू पर्ने कुरामा उनले जोड दिए ।

प्रत्येक वर्ष नव पुस्ता थपिददै जाने भएकोले वंशावलीमा नाम समावेश गरेर संस्करण प्रकाशनमा पनि निरन्तरता दिनु पर्ने प्रमुख अतिथि पोखरेलले बताए ।

पोखरेल राष्ट्रिय प्रतिष्ठानका अध्यक्ष निर्माण कुमार पोखरेलको अध्यक्षतामा भएको सो साधारणसभाले प्रकाश पोखरेलको अध्यक्षतामा आगामी तीन वर्षकालागि २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । 

नयाँ कार्यसमितिको सह अध्यक्षमा सुदेश कुमार पोखरेल,वरिष्ठ उपाध्यक्षमा रामेश्वर पोखरल,उपाध्यक्षहरुमा शिवप्रसाद पोखरेल,इन्दिरा पोखरेल, मुकुन्द पोखरेल रहेकाछन । महासचिवमा रामहरी पोखरेल,उप महासचिवमाप्रमोद कुमार पोखरेल,, सचिवमा गोविन्दप्रसाद पोखरेल र कोषाध्यक्षमा कपिलमणी पोखरेल सर्वसम्मत निर्वाचित भएका छन्।

प्रतिष्ठानको सदस्यहरुमा जगदीश्वर पोखरेल,एकराज पोखरेल,द्रोपदी पोखरेल,हेमप्रसाद पोखरेल,तपन पोखरेल, भरत पोखरेल,सुरेन्द्र कुमार पोखरेल,फणिराज पोखरेल,विष्णु प्रसाद पोखरेल र उमेश कुमार पोखरेल पनि सर्व सम्मत रुपले निर्वाचित भएका छन् ।