सिटीटेकको ‘फिनपस मिनी’सार्वजनिक


काठमाडौं
सिटीटेक ग्रुप प्रा. लि. ले ललितपुरस्थित हेरिटेज गार्डेनमा सम्पन्न ‘ नास–अइटी एक्स्पो २०२५’ को अवसरमा नेपालकै सबैभन्दा प्रतीक्षित डिजिटल भुक्तानी उपकरण फिनपस मिनी औपचारिक रूपमा सार्वजनिक गरेको छ ।

फिनपस मिनीलाई सिटीटेकले एक क्रान्तिकारी डिजिटल भुक्तानी साधनका रूपमा प्रस्तुत गरेको छ, जसले व्यापारीहरूलाई कार्ड र क्युआर दुवै माध्यमबाट भुक्तानी स्वीकृत गर्न सहजता प्रदान गर्छ । यो उपकरणले भिसा मास्टरकार्ड, युपिआइ र नेपाल पे कार्ड योजनाहरूका साथै नेपाल पे क्युआर, पनी पे, स्मार्ट क्युआर जस्ता क्युआर योजनालाई समेत समर्थन गर्दछ ।

सानो आकार, आकर्षक डिजाइन र प्रयोगमैत्री स्वरूपको यो उपकरणले ग्राहक तथा व्यवसायी दुबैका लागि छिटो, सहज र विश्वसनीय भुक्तानी अनुभव सुनिश्चित गर्छ । यसको पोर्टेबल स्वरूपका कारण यो डेलिभरी सेवा, यातायात व्यवसायी, साना तथा ठूला सबै प्रकारका व्यवसायीहरूका लागि उपयुक्त बनेको कम्पनीले जनाएको छ ।