काठमाडौं ।
कारागारबाट भागि फरार रहेका एक कैदी पक्राउ परेका छन् ।
भदौ २३ र २४ गते Gen-Z समूहले घोषणा गरेको आन्दोलनको कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौंबाट जवरजस्ती करणी मुद्दाका प्रतिवादी शुभराज पन्त फरार भएका थिए ।
उनी फरार भएको जानकारी पाएपछि प्रहरीले खोजतलास तीव्र पारेको थियो । त्यस क्रममा आइतबार दिउँसो प्रहरी निरीक्षक बुद्धि बहादुर थापाको कमाण्डमा खटिएको प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१२ चन्द्रागिरि क्षेत्रबाट लुकीछिपी बसिरहेको अवस्थामा पन्तलाई पक्राउ गरेको हो ।
पक्राउ परेका शुभराज पन्तलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी प्रहरी बरिष्ठ नायब निरीक्षक विनोद विक्रम बस्नेतको जिम्मामा श्री कारागार कार्यालय जगन्नाथदेवल, काठमाडौं पु-याइएको प्रहरीले जनाएको छ ।











प्रतिक्रिया