टीआईए ‘ए’ को दोहोरो जित


काठमाडौं।

आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) ‘ए’ ले १७ औं टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको ब्वाइजमा शनिबार दोहोरो जित हात पारेको छ ।

हात्तीगौडास्थित घरेलु कोर्टमा टीआईए ‘ए’ ले दुर्गा भवानीलाई ५१–३२ ले पराजित ग¥यो । विजेताका सुमन नगरकोटीले १९ अंक जोडे । अर्को खेलमा टीआईए ‘ए’ ले हिमरश्मिलाई ४७–३२ ले हरायो । विजयी टिमका लागि रोशन नगरकोटीले २२ स्कोर गरे ।

ब्वाइजमै विल्सन एकेडेमीले ग्रिनल्यान्डलाई ५७–३७ तथा बीएमसीएले टीआईए ‘बी’ लाई ३३–२२ ले पाखा लगाए । विल्सनका रेहान डंगोलले १६ तथा बीएमसीएका आलोक कार्कीले १० अंक बटुले ।

गल्र्समा हिमरश्मिले टीआईए ‘ए’ लाई १४–८ तथा बसुन्धरा नेसनल एकेडेमी (बीएनए) ले टीआईए ‘बी’ लाई १७–१० ले पन्छाए । हिमरश्मिकी पूर्णिमा कार्कीले ८ तथा बीएनएकी प्रेमिकाले ११ अंक जोडे ।