“मेरो खुकुरी” अभियानसँगै खुकुरीले मनायो नयाँ अध्यायको सुरुवात


काठमाडौँ ।

नेपाल डिस्टिलरीज प्रा. लि.को प्रस्तुति, नेपालको आइकॉनिक ब्रान्ड खुकुरी रमले नोभेम्बर ५, २०२५ मा एक्स ओ क्लबमा आफ्नो नयाँ अभियान “मेरो खुकुरी” सार्वजनिक गर्दै ब्रान्ड यात्राको नयाँ अध्याय सुरु गरेको छ ।
यस कार्यक्रममा कलाकार, क्रियेटर र युवा परिवर्तनकर्ता एकै ठाउँमा भेला भई नेपाली गर्व, एकता र आत्म–अभिव्यक्तिको उत्सव मनाइयो ।


साँझको मुख्य आकर्षण रह्यो ओ.एम.जी. स्पार्कद्वारा प्रस्तुत“मेरो खुकुरी” संगीत भिडियोको पहिलो प्रदर्शन, एक जोशिलो गीत जसले आजका युवाको ऊर्जा र नेपाली संस्कृति प्रतिको गर्वलाई एउटै तालमा बाँधेको छ ।


कार्यक्रमको सञ्चालन रोनीश्मा श्रेष्ठले गरेकी थिइन् । ओ.एम.जी. स्पार्कको लाइभ प्रस्तुति, आकर्षक अनुभव र “वानस्पिरिट. वान नेपाल” भन्ने भावनाले भरिएको यो साँझले “मेरो खुकुरी” अभियानलाई जीवन्त बनायो ।


यस अभियानमार्फत खुकुरी रमले पुरानो दृष्टिकोण परिवर्तन गर्दै, आफ्नो पहिचानलाई नयाँ पुस्तासँग जोड्न खोजेको छ, एउटा यस्तो ब्रान्डका रूपमा, जुन केवल परम्पराको प्रतीक होइन, बरु आधुनिक नेपाली गर्व र पहिचानको प्रतीक हो ।