स्टयाण्डर्ड चार्टर्ड बैंक एनपिएस नेसनल कार्ड स्वीच तथा नेपाल पे कार्डमा आवद्ध


काठमाडौं ।

स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड र एनसीएचएल बीच एनपिएस नेसनल कार्ड स्वीच –एनसिएस) तथा नेसनल÷डोमेस्टी कार्ड स्किम (नेपाल पे कार्ड)को प्रिन्सिपल मेम्बरसिपका लागि थव औपचारिक कार्यक्रमबीच सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा हेड अफ कभरेज, नेपाल गोरख राणा तथा एनसीएचएलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले हस्ताक्षर गर्नु भएको हो ।

एनपिएस–एनसिएसको पूर्वाधारको तयारी पश्चात् व्यजसायीक सञ्चालन गर्ने तयारीमा रहेको एनसीएचएलले हालै बैंक वित्तीय संस्थालाई नेपालको आफ्नै डोमेस्टिक कार्ड स्किम नेपाल पे कार्ड इस्यूइङ्ग र अक्वायरिङ्गका लागि स्विच इन्टिग्रेट गर्न आवश्यक समन्वय र सहयोग गर्दे आएको छ । नेपाल पे पूर्वाधारको कमर्सियल रोलआउट पश्चात स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले ग्राहकका लागि उक्त कार्ड अक्वायर र इस्यू गर्न सक्नेछन् ।

एनपिएस–एनसिएसलाई विभिन्न कार्ड स्विच बीच अन्तरआबद्धता कायम गर्दै डोमेस्टिक कार्ड कारोबारहरुको राउटिङ्ग र सेटलमेन्टको लागि एक सेन्ट्रल कार्ड स्विचको रुपमा स्थापना गरिँदैछ । उक्त प्रणालीको पूर्ण कार्यान्वयन पश्चात डोमेस्टिक कार्ड कारोबारको लागत घटाउने, डाटा लोकलाइजेशन सुनिश्चित गर्ने र डिजिटल इकोसिस्टममा नवीनतम उपकरणको विकास तथा प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।

एनसीएचएलले ५४ भन्दा बढि बैंक तथा वित्तीय संस्थाहरू, अधिकांश पीएसओ र पीएसपी, र १०० भन्दा बढि गैर–बैंकिङ्ग सदस्यहरूलाई विभिन्न राष्ट्रिय भुक्तानी प्रणालीहरू सञ्चालन गरी सेवा प्रदान गर्दै आएको छ । एनपिएस–एनसिएस र नेपाल पे काडको कार्यान्वयनले नेपालको कार्ड इकोसिस्टमलाई थप उचाँईमा पु¥याउने अपेक्षा गरिएको छ । नेपालका अग्रणी बैंकहरु मध्येको स्टयाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले देश भरी रहेका १४ वटा शाखा, ४ विस्तारित काउन्टरहरु तथा २५ एटीएम टर्मिनल मार्फत ग्राहकवर्गलाई अत्याधुनिक डिजिटल बैंकिङ्ग तथा वित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ ।