काठमाडौँ ।
विश्वव्यापी प्रविधि अग्रणी एलजी इलेक्ट्रोनिक्सले नवप्रवर्तन, डिजाइन र स्मार्ट जीवनशैलीका क्षेत्रमा आफ्नो अग्रता पुनः प्रमाणित गर्दै आइएफए २०२५ मा उल्लेखनीय सफलता हासिल गरेको छ ।
विश्वकै प्रतिष्ठित उपभोक्ता इलेक्ट्रोनिक्स प्रदर्शनीमध्ये एक मानिने आइएफएमा, एलजी होम एप्लायन्स सोलुसनले कुल १३ वटा पुरस्कार प्राप्त गर्दै घरायसी प्रविधिलाई अझ सहज, स्मार्ट र दिगो बनाउने आफ्नो प्रतिबद्धता झनै मजबुत बनाएको छ ।
विभिन्न श्रेणीमा उत्कृष्टताको सम्मान
एलजीको नवप्रवर्तन र प्रयोगकर्ता–केन्द्रित सोचलाई विभिन्न श्रेणीहरूमा उच्च सम्मान प्रदान गरिएको छ — मोबिलिटी, पहुँचयोग्यता, स्मार्ट होम तथा डिजाइन उत्कृष्टताका क्षेत्रमा।
उत्कृष्ट पुरस्कार (बेष्ट अवार्ड)ः
मोबिलिटीमा उत्कृष्टः एलजी स्पिलराउम
पहुँचयोग्यतामा केन्द्रित उत्कृष्ट उत्पादनः एलजी कम्फर्ट किट
होम एप्लायन्समा उत्कृष्टः एआई सेन्स क्लिन डिशवाशर र माइक्रोप्लास्टिक फिल्टर
सम्माननीय पुरस्कार (अनरे अवार्ड)ः
डिजाइनमा उत्कृष्टः एलजी वासर एन्ड टम्बल ड्रायर पेयर, ट्रु–स्टीम डिशवाशर, नेक्स्ट एलजी मसाज रेक्लाइनर, र एलजी स्टाइलर मिनी
होम एप्लायन्समा उत्कृष्टः एलजी वासटावर, हीट पम्पसहितको वासर एन्ड ड्रायर, बिल्ट–इन स्टेशन भएको रोबोट भ्याकुम, र वेट एन्ड ड्राइ स्टिक भ्याकुम क्लिनर
स्मार्ट होममा उत्कृष्टः एलजी रोबोट भ्याकुम विथ अब्जे स्टेसन
नवप्रवर्तन जसले प्रेरणा दिन्छ
आइएफए इन्नोभेसन अवार्ड ले डिजाइन र इन्जिनियरिङमा असाधारण उपलब्धिहरूलाई सम्मान गर्छ। यस वर्ष, एलजीले घरायसी प्रविधिलाई नयाँ दृष्टिकोणबाट परिभाषित गर्ने आफ्नो दूरदर्शी सोचका कारण विश्वका अग्रणी ब्रान्डहरूबीच विशेष स्थान हासिल गरेको छ ।
स्वतन्त्र विज्ञहरूको निर्णायक मण्डलले एलजीको कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित प्रविधि, मानव–केन्द्रित डिजाइन, र दिगोपनमा जोड दिने प्रयासलाई अत्यधिक सराहना गरेको छ। यी प्रविधिहरूले भोलिको घरलाई अझ स्मार्ट, सफा र टिकाउ बनाउने स्पष्ट दृष्टि प्रस्तुत गर्छन्।
एलजी नेपालबारे
एलजी नेपालले पछिल्ला चार दशकदेखि नेपाली घर–परिवारसँग एक विश्वसनीय साथीको रूपमा साथ दिएको छ। घरायसी उपकरणदेखि अत्याधुनिक इलेक्ट्रोनिक्ससम्मका क्षेत्रमा नवप्रवर्तनशील प्रविधि र भरपर्दो समाधानहरू उपलब्ध गराउँदै आएको छ।
“लाइफ्स गुड” भन्ने दर्शनबाट प्रेरित एलजी दैनिक जीवनलाई अझ स्मार्ट, सहज र रमाइलो बनाउन निरन्तर अग्रसर छ।
चौधरी ग्रुप (सीजी) अन्तर्गत सीजी इलेक्ट्रोनिक्सले नेपालमा एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री र ग्राहक सेवा प्रदान गर्दै आएको छ। नेपालभरका विभिन्न सहरमा रहेका एलजी शो–रुम र अधिकृत डिलरहरू मार्फत कम्पनीले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट बिक्रीपछिको सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।











प्रतिक्रिया