काठमाडौँ ।
गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुनर्निर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड रुपियाँ रकमको आर्थिक सहयोग गरेको छ ।
उक्त रकम बराबरको चेक कम्पनीको प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री र नायब महाप्रबन्धक पज््रज्वल सायमीले आज एक विशेष कार्यक्रममा अर्थ मन्त्री रामेश्वरप्रसाद खनाललाई हस्तान्तरण गर्नु भएको छ ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो । प्रमुख कार्यकारी अधिकृत खत्रीले उक्त अवसरमा कम्पनीले विगतमा शिक्षा, स्वास्थ्य, दैबी प्रकोप ब्यवस्थापन एवं वातावरण संरक्षण लगायत क्षेत्रमा आर्थिक सहयोग उपलब्ध गर्दै आएको उल्लेख गर्दै भविष्यमा पनि यस प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
कम्पनीले यस प्रयोजनको लागि नियामक निकायबाट जारी निर्देशनअनुसार प्रत्येक आर्थिक वर्षको खुदमुनाफाको एक प्रतिशत रकम छुट्याई संस्थागत सामाजिक उत्तरदायित्व कोषमा जम्मा गर्दै आएको छ ।











प्रतिक्रिया