काठमाडौं
नेपालकै प्रतिष्ठित क्रिकेट प्रतियोगिता नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो सिजनमा ओमोडा एन्ड जेइको ‘ड्रिभन बाइ’ पार्टनरको रूपमा जोडिएको छ । नेपाली खेल समुदायसँगको सम्बन्धलाई अझ मजबुत बनाउने उद्देश्यका साथ, ब्रान्डले यस सिजनका “म्यान अफ द टुर्नामेन्ट” लाई आफ्नो एक प्रिमियम गाडी उपहार दिने घोषणा गरेको छ ।
यसअघि पनि एनपीएल सिजन १ मा ओमोडा एन्ड जेइकोले ‘ड्रिभन बाइ’ सह–प्रायोजकको रूपमा सहकार्य गरेको थियो । निरन्तरता पाएको यो सहकार्यले दुवै पक्षको “उत्कृष्ट प्रदर्शन, लगाव र इन्नोभेसन” प्रती साझा दृष्टिकोणलाई अझ बलियो बनाएको छ ।
देशकै सबैभन्दा लोकप्रिय क्रिकेट प्रतियोगिता एनपीएलले देशभरका क्रिकेटप्रेमीलाई एकजुट गर्दै खेलकुदमा उत्साह र गौरव जगाउँदै आएको छ । यही उत्साहलाई थप उचाइमा पु¥याउने उद्देश्यले ओमोडा एन्ड जेइकोले यो सिजनमा विविध ब्रान्ड गतिविधि, फ्यान इन्गेजमेन्ट जोन र विशेष गाडी प्रदर्शन मार्फत दर्शकको अनुभवलाई अझ रोमाञ्चक बनाउने योजना बनाएको छ ।
एसपीजी अटोमोबाइल्स प्रा. लि. का निर्देशक गौरव शारडा भन्छन्, “ओमोडा एन्ड जेइकोका ब्रान्डले उत्साह, प्रदर्शन र उत्कृष्टताको भावना बोकेका छन्, जुन नेपाली क्रिकेट र क्रिकेटप्रेमीसँग स्वाभाविक रूपमा जोडिन्छ । यो साझेदारीमार्फत हामी खेलकुदप्रतिको जोश, मोह र ऊर्जा बढाउँदै नेपाली युवालाई खेलसँग निरन्तर रूपमा जोडिन प्रेरित गर्न चाहन्छौं ।”
यो साझेदारीले नेपालमा ओमोडा र जेइकोको बढ्दो उपस्थिति मात्र होइन, खेलकुद, युवा र समुदायप्रतिको प्रतिबद्धता लाई पनि अझ सुदृढ बनाएको छ। एनपीएल सिजन २ को यो सहकार्यले नेपाली क्रिकेटमा नयाँ उत्साह र प्रेरणाको लहर ल्याउने अपेक्षा गरिएको छ।











प्रतिक्रिया