ग्यालेक्सी एस २५ एफइ सार्वजनिक


काठमाडौं
सामसङ नेपालले आफ्नो नयाँ स्मार्टफोन ग्यालेक्सी एस २५ एफइ (क्यालक्सी एस२५) सार्वजनिक गरेको छ । यो स्मार्टफोन विशेष रूपमा युवा प्रोफेसनल र कन्टेन्ट क्रिएटरका लागि डिजाइन गरिएको हो, जसले एउटै मोबाइलमा उत्कृष्ट परफर्मेन्स र क्रिएटिभिटी खोज्छन् । कम्पनीका अनुसार ग्यालेक्सी एस२५ एफइले प्रिमियम एआई–संचालित फिचर, उच्चस्तरीय क्यामेरा क्षमता र ग्यालेक्सी इकोसिस्टमसँग निर्बाध एकीकरण प्रदान गर्छ ।


ग्यालेक्सी एआईले प्रयोगकर्तालाई व्यक्तिगत अन्तर्दृष्टि र बहु–मोडल अन्तरक्रियाहरू प्रदान गर्छ, जुन नक्स इन्हान्स्ड इन्क्रिप्सन प्रोटेक्सनद्वारा सुरक्षित गरिएको छ । वन युआई ८ ( अन युआइ) द्वारा सञ्चालित यस फोनले भ्वाइस, टच र भिजुअल अन्तरक्रियामार्फत सहज र स्मार्ट अनुभव दिन्छ । यसमा रहेको जेमिनी लाइभ – जेमिनी लाइभ)ले वास्तविक–समयमा भर्चुअल सहायता प्रदान गर्छ, जबकि नाउ बार ( नउ बार) र नाउ ब्रीफले व्यक्तिगत अपडेटहरू उपलब्ध गराउँछन् । साथै, सर्कल टु सर्च ( सर्कल टु सर्च) फिचरले प्रयोगकर्तालाई अन–स्क्रिन उत्तरहरू तुरुन्तै पाउन सहयोग गर्छ ।


स्मार्टफोनमा रहेको प्रोभिजुअल इन्जिन, अपग्रेड गरिएको १२ एमपी फ्रन्ट क्यामेरा र जेनेरेटिभ एडिटिङ सुविधाले प्रयोगकर्तालाई उत्कृष्ट सेल्फी र भिडियो बनाउन सक्षम बनाउँछ। सुपर एचडिआर ( सुपर एचडिआर)मार्फत फोटो र भिडियोमा स्पष्टता र रंगको गहिराइ प्राप्त हुन्छ । साथै, पोट्र्रेट स्टुडियो, इन्स्ट्यान्ट स्लो–मो, र अडियो इरेजर जस्ता फिचरहरूले फोटो र भिडियो सम्पादनलाई सहज र मनोरञ्जक बनाउँछन्।


यसमा रहेको अटो ट्रिम (अटो ट्रम) फिचरले भिडियोका उत्कृष्ट क्षणहरू स्वचालित रूपमा चयन गर्छ, जसले कन्टेन्ट क्रिएशनलाई पहिलेभन्दा स्मार्ट र सरल बनाउँछ। यी सबै सुविधाले प्रयोगकर्तालाई आफ्नो सिर्जनात्मकता अझ सहज र गतिशील रूपमा अभिव्यक्त गर्न प्रेरित गर्छ।
ग्यालेक्सी एस२५ एफइमा ४,९०० एमएएच ब्याट्री, ठूलो भेपर चेम्बर र आर्मर एल्युमिनियम फ्रेम प्रयोग गरिएको छ, जसले फोनलाई दीर्घायु शक्ति र मजबुत स्थायित्व प्रदान गर्छ । ४५ वाटको फास्ट चार्जिङ र प्रभावकारी कूलिङ सिस्टमले लामो समयसम्म सहज प्रयोग सुनिश्चित गर्छ। साथै, ६.७ इन्चको डायनामिक एमोलिड २एक्स (डाइनामिक अमोलिड एट एक्स) डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले उच्च गुणस्तरका दृश्य अनुभव प्रदान गर्छ ।


यो फोन नेपाली बजारमा ९९ हजार ९ सय ९९ रुपिया (८जीबी÷२५६जीबी) मा उपलब्ध हुनेछ। सामसङ नेपालका एमएक्स डाइरेक्टर प्रणय रत्न स्थापितले भने, “हाम्रो लक्ष्य सधैं फ्ल्यागशिप इन्नोभेसन सबैका लागि उपलब्ध गराउनु हो। ग्यालेक्सी एस२५ एफइले यही दृष्टिकोणलाई प्रत्यक्ष रूपमा देखाएको छ — जहाँ उन्नत एआई क्षमता, उत्कृष्ट क्यामेरा प्रदर्शन र सहज ग्यालेक्सी इकोसिस्टम कनेक्टिभिटी एकैसाथ अनुभव गर्न सकिन्छ ।”


सामसङ इन्स्टा फाइनान्स (हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड) मार्फत अब ग्राहकहरूले ग्यालेक्सी एस२५ एफइलगायतका नयाँ सामसङ डिभाइसहरू ०% ब्याजदरमा सजिलो ईएमआई प्लान अन्तर्गत खरिद गर्न सक्नेछन् । यस सुविधाले प्रयोगकर्तालाई प्रिमियम स्तरको सामसङ डिभाइस सहज रूपमा प्राप्त गर्न मद्दत पु¥याउनेछ ।