मार्तडी–कोल्टी सडक खण्डका छुट्टाछुट्टै सडक दुर्घटनामा २५ बढी घाइते

2.07k
Shares

बाजुरा। 

बाजुराको सदरमुकाम मार्तडीबाट पूर्वीउत्तरी भेग मार्तडी–कोल्टी सडक खण्डका छुट्टाछुट्टै सडक दुर्घटनामा २५ बढी  घाईत भएका छन् ।  शनिवार दिउँसो कोल्टीबाट धनगढीतिर जाँदै गरेको  सु प प्र ०१००१ख ३१८१ नंम्वरको यात्रुबाह बस बुढीनन्दा नगरपालिका वडा नं ७ सास्ता सेरकाँटियाँमा दुर्घटना भएको हो । २५ जना यात्रु मध्ये १४ जना घाइते भएका छन् । चार जनाको कोल्टी स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । तीन जना घाइतेको अलि जटिल छन् । १० जना घाइते जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको  बुढीनन्दा नगरपालिका नगरप्रमुखको सचिवालय सचिव केशर कुमार बोराले जानकारी गराए । 

जिल्ला प्रहरीकार्यालय बाजुराका प्रहरी निरीक्षक एवं सूचना अधिकारी गगन भाटका अनुसार उक्त बसमा २० जना  बढी घाइते भएका छन् । घाइते सबैलाई  उपचारका लागि अहिले जिल्ला अस्पताल बाजुरामा ल्याइँदै छ ।  घाइतेको अवस्था बारे  यकिन जानकारी नभएको प्रहरीले बताएको छ । बस सडक किनारा माथि पट्टी पल्टेको छ । दुर्घटना कसरी भयो यकिन जानकारी नआएको, अहिले घाइतेको उद्धारमा प्रहरी टोली खटिएको छ ।  घटना कसरी भयो बुझ्दै छौं  प्रहरी निरीक्षक भाटले भने । 

त्यसैगरी शनिवार दिउँसो नै मार्तडीबाट  कोल्टीतर्फ जादैँ गरेको  बोलेरो जीप दुर्घटना भएको छ । उक्त जीप बुढी नन्दा नगरपालिका १० पाण्डुसैन  बजार नजिकै  गंगापानीमा जीप दुर्घटना भएको हो ।

चालकसहित ६ जना यात्रु सवार भे १ च ७८७ नम्बरको जीप एक्कासि अनियन्त्रित भएर सडकमा पल्टिएको स्थानीय प्रत्यक्षदर्शी भिमवहादुर रोकायाले जानकारी दिए । सूचना अधिकारी  भाटका अनुसार उक्त दुर्घटनामा परी चालकसहित ६ जना घाइते भएका छन् । घाइते हुनेमा चालक गौमुल–६ सटेडाका अन्दाजी २१ वर्षका तुलाराम चदारा, सवार यात्रु बडीमालिका नगरपालिका बस्ने अन्दाजी ४२ वर्षका संकरराज जैसी छन् । त्यस्तै बुढीनन्दा–१ का अन्दाजी ५३ का जङ्गवीर सार्की, करे सेटे लुहार, अन्दाजी ४४ का जयलाल विक र बडीमालिका –७ बस्ने अन्दाजी ३२ वर्षका जयराज जैसी घाइते भएका छन् ।

 सडक दुर्घटनामा घाइते भएकाहरुको हात, खुट्टा, टाउकोसहित शरीरका विभिन्न ठाउँ चोट लागेको छ भने सबै जनाको अवस्था सामान्य रहेको छ । अहिले चालक बाहेक घाइते यात्रु ५ जनाको कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

मार्तडी कोल्टी कच्ची सडक अधिकांश ठाउँमा एक तर्फी बाटो छ ।  वर्षातका कारण गत असार देखि बाटो अवरुद्ध थियो  कार्तिकको  पहिलो साता बाट सडक खण्ड मर्मत गरी ससाना जीप तथा ट्याक्टर सञ्चालनमा आएका थिए ।  केही दिन याता मात्र वससेवा सञ्चालन गरेका थिए ।  जोखिमपूर्ण सडक र क्षमता भन्दा बढी यात्रु राख्नाले दुर्घटना भएको हुनसक्ने स्थानीयको भनाई छ ।