काठमाडौं ।
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताका लागि १ रात २ दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।
कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्तालाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागिय प्रमुख, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुख सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ३०० जना बरिष्ठ अभिकर्ताले कार्यक्रममा सहभागिता जनाएका थिए ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले पानसमा द्विप प्रज्ज्वलन गरी शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि भएका अभिकर्तालाई सम्वोधन गर्दै कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनिय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताको मूख्य भुमिका रहेकोमा दुईमत नरहेको बताउनु भयो ।
उहाँले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजन प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं वौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई उनको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको र यो योजनाबाट अभिकर्ता उत्साही भई देशैभरीबाट करिब ३ सय जना अभिकर्ता छनौट हुनबाट पुष्टि भएको बताउनुभयो ।
देशैभरीबाट कार्यक्रममा छनौट भई सहभागि हुने अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्रबाट सम्मानित गरेका थिए ।
यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गरेका थिए ।
कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गरे ।
मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न सो कार्यक्रममा सहभागि अभिकर्ताले महानायक राजेश हमालसंग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।











प्रतिक्रिया