काठमाडौँ।
मनाङ जिल्लाको ङिस्याङ गाउँपालिका–९ तिलिचो तालको बेस क्याम्पमा अलपत्र परेका १५ जना पर्यटकको उद्धारको लागि आज बिहान सशस्त्र प्रहरी बलको उद्धार टोली त्यसतर्फ गएको छ । २ जना चिनियाँ नागरिक र १३ जना नेपाली गरी जम्मा १५ जना पर्यटक हिमपातको कारण तिलिचो तालको बेश क्याम्पमा अलपत्र परेका छन् ।
उनीहरु अलपत्र परेको भन्ने जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट सशस्त्र प्रहरी उपरीक्षक टोपबहादुर डाँगीको कमान्डमा विपद् व्यवस्थापन तालिम प्राप्त सुरक्षा फौज र मेडिकलसहितको टोली उनीहरुको उद्धारको लागि खटिएको छ ।
सो ताल पर्वतीय उद्धार तालिम शिक्षालय मनाङबाट पैदल जानुपर्ने भएकोले उद्वारमा केही समय लाग्नेछ । अलपत्र परेका पर्यटकहरुको अवस्था भने अहिलेसम्म सामान्य रहेको बताइएको छ ।











प्रतिक्रिया