बाजुरा।
जिल्ला अस्पताल बाजुराको संरचना सुन्दर लोभलाग्दो अनि चिटिक्क छ । दरबन्दी अनुसारका दक्षजनशक्ती र स्वास्थ्यकर्मी पनि छन् । यद्यपी आवश्यक औषधी र उपकरणको अभावले जिल्ला अस्पतामा सुलभ स्वास्थ्य सेवा प्रवाह गर्न कठिनाइ भइरहेको छ ।
जिल्ला अस्पताल बाजुरामा पछिल्ला केही हप्तादेखि जीवनजल (पिउने पानी) को चरम अभाव देखिएको छ। अस्पतालमा उपचारका लागि आउने बिरामीहरूलाई निःशुल्क दिइने जीवनजल नहुँदा अत्यन्तै समस्यामा परेका छन्।
अस्पताल प्रशासनका अनुसार, गत महिनादेखि जिल्ला अस्पताल बाजुरामा जीवनजल आपूर्ति भएको छैन । अस्पतालमा दैनिक दुई अढाइसय बिरामीहरू उपचार गराउन आउँछन् । तिनीहरु मध्ये १२ देखि १८ जनालाई जीवनजल आवश्यक पर्छ । अधिकतम बिरामीहरू पानीको मात्रा कम अर्थात् डिहाइ«ेसनका विरामी आउँछन् । तिनिहरुलाई कम्तिमा एक पुडिया जीवनजल दिनु पर्छ । जीवनजलको अभाव हुँदा झाडापखाला र जलवियोजनका बिरामीले निजि अस्पतालबाट किनेर खानुपर्ने बाध्यता छ । अस्पतालमा ९८ प्रकारका नि:शुल्क औषधी बिरामीलाई दिनुपर्ने नीतिगत ब्यबस्था छ । निःशुल्क औषधि अन्तर्गत जिवनजल अति आवश्यक पर्ने औषधी अन्तर्गत पर्छ, ।
नि:शुल्क दिइने जीवनजल सकिएको एक महिना भयो , आवश्यक प्रक्रिया पु¥याएर खरिद गरिएको छैन, जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृप गिरीले भने । जिल्ला अस्पताल तथा सामुदायिक स्वास्थ्य संस्थाहरुमा नि:शुल्क पाइने हुँदा प्राईबेट स्वास्थ्य क्लिनिकहरुमा जीवनजल कममात्रमा राखेका हुन्छन्। यता अस्पताल फार्मेशीमा नि:शुल्क औषधी राख्नै पार्ईर्दन । उसो त जिल्लाभरी जीवनजलको अभाव छ सूचना अधिकारी गिरीले भने ।
जिल्ला अस्पतालमा मात्र वर्षमा कम्तिमा ३० हजार पुडिया जीवनजलको आवस्यकता पर्छ , जो खरिद गर्न तिस लाख रुपैंया आवश्यक पर्छ ,त्योपनि ईविडिङ्ग प्रक्रिया अपनायो भने मात्र हो । ९८ प्रकारका नि:शुल्क औषधी खरिद गर्न जिल्ला अस्पतालमा यो वर्ष जम्मा २६ लाखरुपैंया वरावरको वजेट आएको छ । यसले त कनिका छरे जस्तो गरेपनि तिन महिनालाई पनि पुग्दैन सूचना अधिकारी गिरीले भने । जिल्लामा आउने विरामी मध्ये सत्तरी प्रतिसत स्वास्थ्य विमावाला विरामी आउँछन्। तिनिहरुलाई फर्मेशीबाट दिन्छौं । केहीले नीजि क्लिनिकबाट किन्छन् होला उनले भने ।
सरकारवाट जिल्ला अस्पताल बाजुरामा उपलब्ध हुने बजेट अत्यन्त न्युन हो। प्राप्त हुने वजेटको औषधी खरिद गरी विरामीको आवस्यकता अनुसारको औषधी डोज दिने हो भने एक महनिालार्ई पनि पुग्दैन, अस्पताल प्रशासन बतायो ।स्वास्थ्यकर्मीहरूका अनुसार, सरकारले पठाएका औषधि तीन महिनाका लागि पनि पुग्दैनन्, जसले बिरामीहरूलाई निजी पसलबाट महँगो मूल्यमा औषधि किन्न बाध्य बनाएको छ। अस्पतालमा निःशुल्क पाइने जीवनजल मेडिकलमा प्रति पागेट दश रुपैयाँमा विक्री गरिन्छ सदरमुकाम मार्तडी सिथत खप्तड फार्मेशीका सञ्चालक धर्मराज जोशीको भनाई छ ।
स्थानीय बासिन्दा र बिरामीका आफन्तहरूले सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै भनेका छन्,“अस्पतालमा जीवनजल पनि छैन, औषधि पनि छैन — यस्तो अवस्थामा कसरी उपचार सम्भव हुन्छ?”
अस्पताल प्रशासनले भने सम्बन्धित कार्यालय र नगरपालिकासँग तत्काल समाधानका लागि पत्राचार गरिएको बताएको छ। यद्यपि हालसम्म स्थायी व्यवस्था हुन सकेको छैन ।
स्थानीयहरूले जिल्ला प्रशासन र प्रदेश सरकारसँग जीवनजल आपूर्ति र औषधि व्यवस्थापनमा तत्काल ध्यान दिन आग्रह गरेका छन्। अधिल्लो आर्थिक बर्षमा खरिद गरेको अषेधी चाडै सकिएको र नयाँ खरिद प्रक्रिया ढिलाइ भएकाले अस्पतालमा जिवनजलको अभाव भएको हो ।
स्थानीय तहले पनि औषधि खरिदमा ढिलाइ गर्दा स्थानीय स्वास्थ्य संस्थामा समेत जिवनजल अभाव भएको हो ।
जिल्ला अस्पतालमा पाइने ९८ प्रकारका निःशुल्क औषधी केके हुन् भन्ने आधिकारिक वयभसाईडमा र पिडिएफ सूची प्राप्त भएन। अस्पतालमा कति प्रकारका आषैधी छन् र छैनन् भन्ने पत्ता लगाउन गाह्रो भयो ए आईको प्रश्न छ ।
पानीमा जीवनजल पाउडरको सानो मात्रा मिसाएर ३० मिनेटदेखि १ घण्टा पर्खिनु पर्छ । प्राय स्कुल , गाउँघर र वा आपतकालिन परिस्थितिमा प्रयोग गरिन्छ ।
नेपालको संविधान २०७२ को धारा ३५ मा स्वास्थ्य अधिकारका निम्न व्यवस्था गराएको प्रत्येक नागरिकले स्वास्थ्य सेवामा पहुँच पाउने अधिकार हुनेछ । जसले जहाँ बस्छ उस्ले स्वास्थ्य सेवा पाउनु पर्छ भन्ने अर्थ हो ।
यो समाचार विवरण तयार पार्दा केही सूचनाहरु ए.आई अर्थात् आर्टिफिसियल इन्टलीजेन्स ( कृत्रिम बुद्धिमता )बाट लिइएको छ ।











प्रतिक्रिया