सुर्खेत ।
सुर्खेतमा छोराको कुटाईबाट आमाको मत्यु भएको छ ।शुक्रबार बिहान ७ बजेको समयमा जिल्लाको भेरीगंगा नगरपालिका १२, मसिनाटोलका अन्दाजी ३०र३५ वर्षका कबिराम बस्नेतले आफनै ५० वर्षीय आमा धनिकला बस्नेतलाई घरमा सुतिरहेको अवस्थामा टाउकोमा फरुवा प्रहार गरि घाइते बनाएका थिए ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायव उपरीक्षक मोहनजंग बुढथापाका अनुसार फरुवा प्रहारबाट गम्भीर घाइते भएकी धनिकलाको उपचारका क्रममा कर्णाली प्रदेश अस्पताल सुर्खेतमा मृत्युु भएको हो । घटना लगत्तै इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको प्रहरीले घटनामा संलग्न मृतकका छोरा कबिरामलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको प्रवक्ता बुढथापाले जानकारी दिए ।











प्रतिक्रिया