टेनिसका दिग्गज महिला खेलाडीहरू एरिना सबालेन्का र इगा स्वियाटेकको कुल सम्पत्ति २०२५ मा तुलना गरिएको छ । पोल्यान्डकी खेलाडी इगा स्वियाटेकको कुल सम्पत्ति लगभग ३० मिलियन डलर छ । जबकि बेलारुसकी सबालेन्काको कुल सम्पत्ति लगभग २७.४ मिलियन डलर रहेको छ ।
२०२५ मा सबालेन्का र स्वियाटेकले प्रमुख उपाधिहरू मात्र जितेका छैनन्, रेकर्डहरू पनि तोडिरहेका छन् र लाखौं कमाइरहेका छन् । प्रशंसकहरूको एउटा प्रश्न छः को धनी छ ?
वर्ष २०२५ मा सबालेन्काको नेट वर्थ लगभग २७.४ मिलियन डलर रहको बताइन्छ । फोब्र्स र अन्य प्रसिद्ध खेलकुद वित्तीय वेबसाइटहरूका अनुसार, सबालेन्काले २०२५ मा यूएस ओपन जितेर आफ्नो करियरको कुल पुरस्कार रकम ४२ मिलियन डलरभन्दा बढी कमाइन् । यस वर्ष मात्र, सबालेन्काले १२ मिलियन भन्दा बढी पुरस्कार रकम जितेकी छन्, जुन महिला टेनिसको इतिहासमा एकल–सिजनको सबैभन्दा उच्च कमाई मध्ये एक हो ।
यस्तै नाइकी, विल्सन, औडेमार्स पिगुएट, र इलेक्ट्रोलिट जस्ता प्रमुख ब्रान्डहरूसँगको उनको सम्झौताबाट उनको वार्षिक लगभग १५ मिलियन डलर कमाई हुन्छ । हाल, उनी डब्ल्यूटीएको वरीयतामा विश्व नम्बर १ मा छिन् ।
उता स्वियाटेकको नेटवर्थ २०२५ मा लगभग ३० मिलियन डलर रहेको छ । जुन सबालेन्काको भन्दा अलि बढी पनि हो । उनले विम्बल्डन २०२५ जितेकी छन् । यस सिजनमा उनले पुरस्कार रकमको रूपमा ९.४ मिलियन डलरभन्दा कमाएकी छन् । उनको ब्रान्ड डिल्समा रोलेक्स, अन रनिङ, लिक्सस र टेक्नीफाइबर जस्ता ठ्ूला नामहरू सामेल छन् । जसले गर्दा उनलाई टेनिसभन्दा बाहिर पनि राम्रो आम्दानी गराइरहेको छ । उनी वर्तमानमा विश्व नम्बर २ महिला खेलाडी हुन् ।
स्रोतः एजेन्सी











प्रतिक्रिया