काठमाडौँ
एभरेष्ट बैंक लिमिटेडको ३१ औं वार्षिक साधारण सम्पन्न भएको छ । कार्तिक १२ गते बुधबार आम्रपाली ब्यांक्वेट, भाटभटेनी, काठमाडौँमा बैंकको वार्षिक साधारण सभा सम्पन्न भएको हो ।
सभाले आफ्ना शेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । बैंकको सभाले ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
साथै, सभाले लेखापरिक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०८१÷८२ को वार्षिक प्रतिवेदन पारित गरेको छ । २०८२÷८३ को लागि लेखापरीक्षकमा नियुक्त गर्ने प्रस्तावसमेत सभाले सर्वसम्मतबाट पारित गरेको छ ।











प्रतिक्रिया