काठमाडौं ।
देशका विभिन्न स्थानबाट प्रहरीले अवैध लागूऔषध सहित ९ जनालाई पक्राउ गरेको छ। काठमाडौं माछापोखरीबाट राम बहादुर दुलाललाई ब्राउनसुगर जस्तो देखिने करिब १।६ ग्राम लागूऔषध र नगद २५ हजार सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
त्यसैगरी कैलालीको धनगढीबाट २ ग्राम ८५० मिलिग्राम ब्राउनसुगर सहित १९ वर्षीय आकाश चौधरीसहित २ जना, कञ्चनपुरको बेलौरीबाट ५ ग्राम ब्राउनसुगर सहित प्रदिप ऐरी र जनक बोहरा, शुक्लाफाँटाबाट ८४ ग्राम चरेश सहित राकेश डगौरा पक्राउ परेका छन्।
झापाको गौरीगंजबाट पनि भारतबाट नेपालतर्फ आउँदै गरेका निमा दोर्जी तामाङ र सुक बहादुर राईलाई ४ ग्रामभन्दा बढी ब्राउनसुगर सहित प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले सबै घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।











प्रतिक्रिया