हिन्दी फिलिम जगतका प्रसिद्ध कामेडी एक्टर असरानीको यही अक्टोबर २० तारिखमा ८४ वर्षको उमेरमा निधन भयो । उनको पूरा नाम गोबद्र्धन असरानी भएपनि फिलिम जगतमा उनी असरानी नामले चर्चित भए ।
१९७१ मा गुड्डी मा पहिलो पटक अभिनय गरेपछि उनले पछाडि फर्केर हेर्नु परेन । उनले लगातार आफ्नो कडा मेहनतमा हिन्दी फिलिम जगतमा छाप छोडेर प्रसिद्धी पाए ।
शुरुमा उनलाई दक्षिण भारत फिलिमका एक निर्माता निर्देशक एलीभी प्रसादले कुन भुमिका दिने भन्नेमा सन्देह भएको असरानीले बताएका थिए । यो निकै रोचक थियो । जब, उनले आफ्ना एक्टिङका केही भिडियोहरू एलभी प्रसाद, निर्माता निर्देशक ऋषिकेश मुखर्जीलाई देखाए ।
त्यो भिडियो हेरेर मुखर्जी केही नबोली गए भने एलभी प्रसाद त्यही बसिरहेका थिए । असरानीले एक कार्यक्रममा यस्तो बताएका थिए–मुखर्जी चुपचाप बाहिर निस्कनुभयो, एलभी प्रसाद त्यही बसिरहनु हुँदा मलाई लाग्यो उहाँले मलाई फिलिममा केही त भुमिका दिनु हुने लाग्यो । तर, उहाँले जे बोल्नुभयो त्यसले मलाई झस्कायो ।
असरानीले भनेअनुसार एलभी प्रसादले बताएका थिए–तिमी हिरो देखिँदैन, भिलेन वा कमेडियन तिमी देखिँदैन, तिमीलाई कुन रोल दिउँ ?
यति भनेपछि असरानी दक्षिण भारतको फिलिममा फर्केका थिए । पछि उनलाई फेरि बलिउडमा बोलाइएको थियो । पहिलो मौका चुपचाप उठेर गएका ऋषिकेश मुखर्जीले नै दिएका थिए । एलभी प्रसादले पनि उनलाई धेरै फिलिममा भुमिका दिएका थिए । तर, उनी चर्चित बने सदाबहार हिन्दी फिलिम शोले बाट । उनले शोलेमा एक जेलरको भुमिका खेलेका थिए । जसमा उनको एक डायलग निकै चर्चित भयो पनि ।
त्यो डायलग हो ‘हम अंग्रेजोंका जमानेका जेलर है …..’। सन् १९७५ मा रिलीज भएको शोले निकै हिट भएको फिलिम हो । यो फिलिमको हरेक डायलग निकै चर्चित भएको थियो । साथै यसमा भएका हरेक केरेक्टर पनि निकै हिट भएको थियो । जस्तै, गब्बर सिंह, जय, बीरु, ठाकुर जस्ता ठूला केरेक्टरदेखि स–साना केरेक्टरहरू सुरमा भोपाली, कालिया, साम्भा, राम सिंह थिए । यहाँसम्म कि घोडी धन्नो पनि चर्चित भएको थियो ।
यसैमध्ये असरानीको भुमिका जेलर पनि चर्चित भएको थियो । उनले शोलेमा हिटलरको स्वरुपमा एक्टिङ गरेका थिए । जसमा उनले हिटलरले जस्तै आँखाले हेर्ने, हिटलरको जस्तै बीचमा छोटो जुंगा राखेका थिए । साथै उनी हिँड्ने र बोल्ने पनि हिटलरकै कपी थियो ।
शोलेमा असरानीको भुमिका छोटो थियो तर, यस छोटो भुमिकालाई नै उनले जीवन्त बनाइदिए । खासगरी उनका चर्चित डायलगहरू यस्ता थिए ।
–अटेन्सन, हमने कहा अटेन्सन, कैदीयौं कान खोलकर सुन लो,
–हम अंग्रेजोंका जमानाका जेलर है
–हमारे जेलमे सुरुङ
–आधे इधर जाओ, आधे उधर जाओ, बाँकी मेरे साथ आओ
शोलेको आफ्नो डायलग हिट हुनुको कारण असरानीले एक कार्यक्रममा बताएका थिए । यस भुमिका लागि पहिले राइटर सलीम जावेद र निर्देशक रमेश सिप्पीले उनलाई एक दिन भेट्न बोलाएका थिए । त्यतिबेलासम्म उनलाई जेलरको भुमिकाबारे केही थाहा थिएन ।
असरानीले बताएका थिए—उनीहरूले सोधेका थिए, कसरी यस भुमिका निर्वाह गर्नेछौं । मैले बताए कि जेलरको युनिफर्म लगाउँछु । उनीहरूले बताए– होइन । उनीहरूले दोस्रो विश्व युद्धको किताब पल्टाए र त्यसमा हिटलरको नौ पोज थियो ।
हिटलरको पोज देखेपछि हिटलरकै भुमिका गर्नु पर्ने हो कि भन्ने असरानीलाई लागेको थियो । असरानीका अनुसार हिटलरले बोल्ने तरिकामा धेरै ध्यान दिनु पर्ने उनीहरूले बताएका थिए ।
उनले बताएका थिए—हिटलरको आवाज रिकर्ड छ र संसारका सबै टे«निङ स्कूलहरूमा, एक्टिङ कोर्सहरूमा हरेक स्टुडेन्टहरूलाई हिटलरको आवाज सुनाउने गर्दछ ।
त्यसमा हिटलरको आवाजको उतार–चढाव हुन्छ । यसैलाई असरानीले कपी गर्नु पर्ने थियो । उनले यसका लागि धेरै मेहनत गरेर डायलग बोलेको र त्यही अनुसार एक्टिङ गरेको बताएका थिए ।











प्रतिक्रिया