बलिवुडका स्टार शाहरुख खान पहिलो पटक अर्बपति बनेका छन् । यसको साथै संसारकै सबैभन्दा धनी एक्टरहरूमा उनको नाम पनि सामेल भयो । शाहरूखको सम्पत्ति एक अर्ब डलर पार गरेकोले उनी अब अर्बपति क्लबमा सम्मिलित भएका हुन् ।
५९ वर्षीय खानको सम्पत्ति लगभग १.४ अर्ब डलर रहेको अनुमान गरिएको छ । यो अनुमान हुरुन इन्डिया रिच लिस्ट २०२५ मा लगाईएको हो । यसले हरेक साल भारतका सबैभन्दा धनी व्यक्तिहरूको रेन्किङ सार्वजनिक गर्दछ ।
संसारका ठूल्ठूला सेलिब्रिटिजहरू अर्नान्ड श्वार्जनेगर, रिहाना, टाइगर वुड्स र टेलर स्विफ्ट पनि अर्बपति एक्टरहरूमा सम्मिलित छन् । फोब्र्स पत्रिकाले पप सिंगर टेलर स्विफ्टको नेटवर्थ १.६ अर्ब डलर रहेको जनाएको छ । शाहरूख रेन्किङमा टेलरभन्दा तल रहेका छन् ।
हुरुन इन्डियाको अनुसार शाहरूख अर्बपति हुनुमा मुख्य रूपमा रेड चिलीज इन्टरटेनमेन्ट र नाइट राइडर स्पोर्ट्समा हिस्सेदारको कारण हो । उनको अन्य कमाई भनेको फिलिमबाट हुने कमाई, विज्ञापन र संसारभरमा संपत्तिमा लगानी पनि हो ।
उक्त सूचीमा अन्य बलिउड स्टारहरू पनि सम्मिलित भएका छन् । तर, उनीहरूको तुलनामा शाहरूखको कमाई निकै ज्यादै रहेको छ । अर्बपतिको सूचीमा रहेका अन्य बलिउड स्टारमा जूही चावला (८८० मिलियन), ऋतिक रोशन (२६० मिलियन) र अमिताभ बच्चन (१८३ मिलियन) को कमाई अर्बमा पुगेको छैन ।
शाहरूखले हिन्दी फिलिम जगतमा तीन दशकभन्दा बढी काम गरिसकेका छन् । १९९२ मा उनले हिन्दी फिलिम जगतमा डेब्यु गरेका थिए । त्यस वर्षदेखि उनले कहिल्यै पछाडि फर्केर हेर्नु परेका छैनन् ।
शाहरूखको दिवाना, बाजीगर, डर, करण अर्जुन, दिलवाले दुल्हनिया ले जाऐगे, कुछ कुछ होता है, दिल तो पागल है फिलिमहरू ९० को दशकमा सुपर हिट भएका थिए । २००० पछि धेरै नयाँ स्टारहरू फिलिम जगतमा आएपनि त्यसले उनलाई केही फरक पार्न सकेन ।
उनले २००० देखि हाल २०२५ सम्म पनि सफल फिलिमहरू दिँदै आएका छन् । जसमा, मोहबतेँ, कभी खुशी कभी गम, मे हु ना, कल हो ना हो, देवदास, पठान, जवान आदि रहेका छन् ।
शाहरूखले एक्टिङ गर्नुका साथै एक ठूलो प्रोडक्शन कम्पनी पनि खोलेका छन् । साथै उनी क्रिकेट टिमका मालिक पनि रहेका छन् । उनी इन्डियन प्रिमियर लिगको क्लब कोलकाता नाइट राइडर्सका मालिक हुन् ।











प्रतिक्रिया