काठमाडौँ
युएईको अग्रणी र विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था लुलु एक्सचेन्ज (लुलु एक्सचेन्ज)ले आफ्ना ग्राहकका लागि यस वर्षको पर्वमा रोमाञ्चक अफर घोषणा गरेको छ ।
युएईमा रहेका नेपालीहरूले लुलु एक्सचेन्जमार्फत नेपालमा पैसा पठाउँदा १ किलो कोमटेक सुन, दुई मेगा पुरस्कार डोंगफेंग साइन कार र डोंगफेंग म्याज कार, र लायोनल मेस्सीले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी जित्न सक्नेछन् ।
अफर अवधि भित्र नेपालमा पठाइएका प्रत्येक रेमिट्यान्स ट्रान्जेक्सन स्वतः लकिड्रामा सहभागी हुनेछन् । यो अफर २०२५ नोभेम्बर २२ सम्म मान्य रहनेछ ।
विश्वास, पारदर्शिता र प्रविधिमा आधारित सेवाका साथ, लुलु एक्सचेन्ज ले छिटो, सुरक्षित र भरपर्दो रेमिट्यान्स सेवा प्रदान गर्दै आएको छ, जसले पैसा पठाउने अनुभवलाई सजिलो, अर्थपूर्ण र फलदायी बनाउँछ । लुलु एक्सचेन्ज युएईमा बसोबास गर्दै आएका नेपालीमा लोकप्रिय बनेको छ ।
ग्राहकलाई यो सुनौलो अवसर गुमाउन नदिन आग्रह गरिएको छ। नजिकको लुलु एक्सचेन्ज शाखा वा डिजिटल प्लेटफर्ममार्फत आजै पैसा पठाएर भाग लिन सकिने छ ।
मुख्य विशेषता
–१ किलो कोमटेक सुन जित्ने अवसर
–डोंगफेंग साइन कार (नयाँ ग्राहकहरूका लागि)
–डोंगफेंग म्याज कार (सबै ग्राहकहरूका लागि)
–लायोनल मेस्सी ले हस्ताक्षर गरेको अर्जेन्टिनाको फुटबल जर्सी
–नेपालमा पठाइएको प्रत्येक रेमिट्यान्समा जित्ने अवसर
–अफर २०२५ नोभेम्बर २२ सम्म मान्य
युएईस्थित लुलु एक्सचेन्ज विश्वव्यापी रूपमा विश्वासिलो वित्तीय सेवा प्रदायक संस्था हो, जसले पैसा पठाउने (रेमिट्यान्स), मुद्रा विनिमय (करन्सी एक्सचेन्ज र भुक्तानी समाधान (पेमेन्ट सोलुसन जस्ता सेवा आफ्ना शाखा सञ्जाल र अत्याधुनिक डिजिटल प्लेटफर्म मार्फत प्रदान गर्दै आएको छ ।











प्रतिक्रिया