जीवनको अन्त्यसम्म छोरा नजरकै सामुन्ने रहिरहोस् भन्ने एक बाबुको कथा बोल्ने पारिवारिक फिल्म परान आगामी कार्तिक १४ गते रिलिज हुँदैछ।
फिल्मकी अभिनेत्री अञ्जना बराइलीले परानमा सिनको संख्याभन्दा पनि विषयवस्तुका कारण काम गरेको बताइन्। ‘म यसमा जोडिनुको एउटै कारण यसको विषय हो। यो खोजीखोजी हेर्ने फिल्मभित्र पर्छ। यसमा जति काम भएको छ, त्यो राम्रो भएको छ र म यो फिल्म हलमा हेर्न एकदमै उत्साहित छु’ अञ्जनाको भनाइ छ ‘यो फिल्म जुन प्रकार र परिवेशमा बनेको छ, त्यो हिसाबले चाडबाडमै लगाउनुपर्ने फिल्म हो। तर हामीले भने चाडबाड सकिएपछि रिलिज गर्न लागिरहेका छौ“। फिल्ममा म अलिक मिजासिलो पात्रमा छु। यसभित्रका विभिन्न परिस्थितिले मलाई त्यसरी प्रस्तुत गर्छ। फिल्ममा नीर शाह नजरमा परिहाल्नुहुन्छ, त्यसपछि म पर्छु।’
परान डेब्यु निर्देशक दीपकप्रसाद आचार्य (काकु) ले निर्देशन गरेका छन्। आचार्यकै कथा रहेको फिल्ममा पटकथा र संवाद यम थापाको रहेको छ। गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापित बाइस्कोप सिनेमा प्रालिको व्यानरमा निर्मित फिल्ममा नीर शाह, महेश शाह, अञ्जना बराइली, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई, बाल कलाकार आर्यादीप आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्।











प्रतिक्रिया