याङ्गो राइडले तिहार पर्वमा पार्टनर ड्राइभरका लागि बोनस दोब्बर बनायो


काठमाडौं
आउँदो तिहार पर्वको उल्लासमय माहोलमा, विश्वव्यापी टेक कम्पनी याङ्गो ग्रपअन्तर्गतको याङ्गो राइडले आफ्ना पार्टनर ड्राइभरलाई सहयोग र सम्मान स्वरूप विशेष समय सीमित अभियान सुरु गरेको घोषणा गरेको छ ।

यस अभियानको उद्देश्य तिहार जस्तो व्यस्त समयमा ड्राइभर पार्टनरलाई थप आम्दानीका अवसर प्रदान गर्नु र कम दबाबमा बढी कमाउन सहयोग पुर्याउनु हो ।

यो अभियान तिहार पर्वको अवसरमा एक सातासम्म सञ्चालन हुनेछ । जसमा सोमबार, २० अक्टोबरदेखि थप बोनस उपलब्ध हुनेछन् । यस अवधिमा सबै वर्गमा बोनस दर सामान्यभन्दा २ गुणासम्म बढाइएका छन् ।

अब पार्टनर ड्राइभरले कार सेवामा प्रतिदिन अधिकतम ६ हजार २ सयसम्म र बाइक सेवामा प्रति दिन बोनसको रूपमा ४ हजार १ सयसम्म कमाउन सक्नेछन् । थप रूपमा, पार्टनर ड्राइभरले आफ्नो सामान्य दैनिक लक्ष्य नै पछ्याउनु पर्नेछ । कुनै अतिरिक्तलक्ष्य राख्नवा पूरा गर्नुपर्ने आवश्यकता हुने छैन ।

“पार्टनर ड्राइभर नै याङ्गोको मुटु हुन् । यो विशेष बोनस अभियान हाम्रो तर्फबाट एउटा सानो प्रयास हो जसले तिनीलाई उत्सवको समयमा आफ्नो परिवारसँगको समय त्यागेर सेवामा जुटेको सम्मान गर्दछ । हामी आफ्ना पार्टनर ड्राइभरप्रति आभार प्रकट गर्न चाहन्छौं — उनीलाई सजिलै र बढी आम्दानी गर्न सक्षम बनाउँदै,” याङ्गो राइड नेपालका एक वरिष्ठ प्रतिनिधिले बताउनु भयो