मन्जुश्री फाइनान्सको अठारौं वार्षिक साधारण सभा सम्पन्न


काठमाडौं
मन्जुश्री फाइनान्स लिमिटेडको अठारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त साधारण सभा असोज ३१ गते काठमाडौंको थापागाउँ स्थित थापागाउँ ब्यान्केटमा सम्पन्न भएको हो ।

साधारण सभाले फाइनान्सको आर्थिक वर्ष २०८१÷८२ को लागि प्रस्तावित १५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने निर्णय पारित गरेको छ ।

यस्तै, साधारण सभाबाट उक्त आर्थिक वर्षका वित्तीय विवरणहरु पारित हुनुका साथै चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित भएको छ ।