सिद्धार्थ बैंकका ग्राहकलाई जर्मन होम्समा १० प्रतिशतसम्म छुट


काठमाडौं
सिद्धार्थ बैंक र जर्मन होम्स प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार बालकोट, भक्तपुरस्थित जर्मन होम्समा बैंकका ग्राहकले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछ ।

यस सम्झौताले ग्राहकलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

यस समन्वयको बारेमा थप जानकारीका लागि बैंकको २४ सै घण्टा सञ्चालनमा रहने गा्रहक सेवा केन्द्र, सिद्धार्थ केयर’मा सम्पर्क गर्न सक्नेछ ।