हरिप्रसाद रिमालको सम्झनामा सञ्चार मन्त्री खरेल र कलाकर्मी सम्मानित


रेडियो नेपालका प्रथम गायक, अभिनेता तथा रंगकर्मी स्व. हरिप्रसाद रिमालका साथमा उनकी सञ्चारकर्मी पत्नी कल्याणी रिमालको नाममा स्थापित हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानले विविध कार्यक्रम गरी रिमालले कला साहित्य तथा रङ्गमञ्चमा पु¥याएको योगदानको स्मरण गरेको छ।

स्व. रिमालको १०१ औ जन्मजयन्तीको अवसरमा प्रतिष्ठानले आयोजना गरेको लघुत्तम चलचित्र महोत्सवको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेका साथमा कला साहित्यका व्यक्तित्वलाई सम्मानित गरिएको छ। बिहीबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेललाई २१ हजार १ रुपियासहित हरिप्रसाद कल्याणी रिमाल सञ्चार सेवा सम्मान पुरस्कार, गायिका मिरा राणालाई ३१ हजार १ रुपियासहित हरिप्रसाद रिमाल नाट्य संगीत सम्मान पुरस्कार र पप गायक तथा बुद्ध वाज बर्न इन नेपालका अभियन्ता धिरज राईलाई २१ हजार १ रुपियासहित हरिप्रसाद कल्याणी रिमाल विशेष नाट्य संगीत सम्मानबाट सम्मानित गरिएको छ। सम्मान पुरस्कार संस्थाकी संरक्षिका कल्याणी रिमाल, कार्यक्रमका सभापति तथा साहित्यकार वासुदेव त्रिपाठीलगायतले प्रदान गरेका थिए।


समारोहमा स्वागत मन्तव्य प्रस्तुत गर्दै अभिनेता निर्देशक तथा प्रतिष्ठानका सदस्य सचिव सम्राट सापकोटाले सम्मानित व्यक्तित्वबारे चर्चा गर्दै आफ्ना गुरु हरिप्रसाद रिमाललाई स्मरण गर्दै प्रतिष्ठानमार्फत कला साहित्य, संस्कृतिमा लागेका व्यक्तिलाई सम्मान गर्नुका साथै अघिल्लो वर्षदेखि नव प्रतिभालाई प्रोत्साहन गर्दै मञ्च प्रदान गर्ने उद्देश्यले नाटक महोत्सव गरेको र यस वर्ष लघु फिल्म महोत्सव आयोजना गरिएको बताए। सापकोटाले सञ्चार मन्त्री जगदीश खरेल मन्त्री हुनुअघि नै उनलाई सम्मान गर्ने कार्यक्रम तय भएको जानकारी गराउँदै खरेलले जस्तोसुकै वाककलामा निपुण व्यक्तिलाई प्रश्नहरूले पसिना छुट्ने गरेको बताए। ‘उहाँले जसरी हट सिटमा बसेर प्रश्न गर्नुहुन्थ्यो, अहिले सरकारमा बसेर पनि त्यस्तै व्यक्तित्व कायम गर्ने विश्वास छ’ सापकोटाले भने।

समारोहमा सम्मानित व्यक्तित्व जगदीश खरेलबारे पत्रकार दीपक सापकोटाले, गायिका मिरा राणाबारे अभिनेता रविन्द्र खड्काले र गायक धिरज राईबारे भने अभिनेता सम्राट सापकोटाले प्रकाश पारेका थिए भने प्रतिष्ठानका उपाध्यक्ष प्रा.डा. प्रयागराज भट्टराई वाशिष्ठले हरिप्रसाद रिमाल र प्रतिष्ठानबारे प्रकाश पारेका थिए। सम्मानितको तर्फबाट बोल्दै सञ्चारमन्त्री खरेलले आफू कार्यक्रममा सञ्चारमन्त्रीको रूपमा नभई सञ्चारकर्मीका रूपमा आएको बताए। ‘अहिले पनि सञ्चार कर्ममै छु तर भूमिका फरक छ। मलाई यस सम्मानको लागि सम्राटजीले फोन गर्नु हु“दा मेरो सम्मानित हुने समय आएकै छैन, अरूलाई नै खोज्नुपर्छ कि भनेको थिए“ तर उहा“ले प्रक्रियागत ढंगले नै निर्णय भएको भन्नुभएपछि हरिप्रसाद रिमाल र कल्याणी आमाको नामको पुुरस्कार पाउनु मेरो अहोभाग्य महसुुस गरेको छु’ खरेलले बानेश्वरस्थित स्व. रिमालको घरमा गएर उनीसँग घण्टौ गफिएको स्मरण गर्दै भने।

बुधबार फिल्मकर्मी यादव खरेलको प्रमुख आतिथ्यतामा आरम्भ भएको लघुतम चलचित्र महोत्सव २०८२ का विजेतालाई पनि बिहीबार नै पुरस्कार प्रदान गरिएको थियो। समारोहमा संगीनी नामक शर्ट फिल्म प्रथम, सोही फिल्मबाट विनोद लोहार लेखन र सलिना अधिकारी अभिनेत्रीको पुरस्कार चुम्न सफल भए। त्यस्तै कलर अफ टि दोस्रो हु“दा सोही फिल्मबाट राजकुमार लामिछानेले निर्देशक र वीर बहादुर थारु सम्पादनको अवार्ड विजेता भए। तेस्रो हुन सफल शर्ट फिल्म अन्तिम रापबाट दर्शन घिमिरेले अभिनेताको अवार्ड चुमे भने दृश्यबाट नारायण जिसीले छायाकंनको पुरस्कार प्राप्त गरे। समारोहमा प्रथम हुने शर्ट फिल्मलाई एक लाख, दोस्रोलाई पचास हजार र तेस्रोलाई २५ हजार रुपिया“ प्रदान गरिएको थियो भने अन्य विधाका विजेतालाई जनही १५ सय १ रुपिया“ प्रदान गरिएको थियो।

प्रतियोगिताका निर्णायकमा अभिनेता हरिहर शर्मा, मदनदास श्रेष्ठ र प्रथम अभिनेत्री भुवन चन्द रहेका थिए। निर्णायक मण्डलको तर्फबाट अभिनेता हरिहर शर्माले फिल्म छनोटको प्रक्रियाबारे प्रष्ट पारेका थिए। उनले महोत्सवमा आएका फिल्महरूलाई सकारात्मक र सूक्ष्म ढंगले मूल्यांकन गर्दैै त्यसले समाजमा दिने सन्देश र प्रभावलाई पनि मध्यनजर गरिएको बताए।
अभिप्सा सापकोटाद्वारा सञ्चालित कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्राडा. वासुदेव त्रिपाठीले नेपाली रङ्गमञ्चमा बालकृष्ण समपछिको शिरोमणि हरिप्रसाद रिमाल रहेको र उनले गरेको कला जगत्को नेतृत्वको पुस्तान्तरण हुनुपर्ने बताए।